२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अदालतमा तेस्रो पटक उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’

१९ श्रावण २०८०, शुक्रबार ०३:३९

साउन १९ वासिङ्टन डिसी | सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वासिङ्टन डिसीको अदालतमा सुनुवाइ भएको छ । 

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दाबी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए । 

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झन्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दङ्गा गरेको आरोप लगाइएको थियो। 

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसद्मा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्वराष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको, सरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य