साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ३ लाख ७४ हजार ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा दोलखा जिल्ला जिरी न.पा.वडा नं.६ घर भई हाल जिल्ला काठामाडौँ बुढानिलकण्ठ न.पा.वडा नं. ३ बस्ने फुलमाया जिरेल रहेकी छन् ।
उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको क्यानाडा पठाईदिन्छु भनी लाखौँ रकम ठगी गरेका थिए।
थप अनुसन्धान तथा कारवाहीको लागि जिरेललाई वैदेशिक रोजगार विभाग ताहाचल, काठामाडौँ पठाईएको छ।