भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुर"/>

२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

देउखुरीको सिसहनियाँलाई बालमैत्री गाविस बनाउन प्रअ र बाल क्लव सँग छलफल

१५ आश्विन २०७३, शनिबार १३:३७

भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ गाविसलाई बालमैत्री गाविस बनाउन विद्यालयका शिक्षक तथा प्र.अ र बाल क्लवहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा शनिवार सिसहनियाँ गाविसमा विद्यालयका शिक्षक तथा प्र.अ र बाल क्लवहरु सँग भएको अन्तरक्रियात्मक छलफल कार्यक्रमले गाविसलाई तोकेको समय २०७३ चैत्र मसान्त सम्म बालमैत्री गाविस घोषणा गर्न आफनो जिम्मेवारी बहन गरि पुरा हुन बाँकी रहेका सुचकहरु पुरा गर्न भोली असोज १६ गते देखि २ दिने गाउँ केन्दित कार्यक्रम सञ्चालन गर्ने गरी जिम्मेवारी समेत बाडफाड गरिएको छ ।

 

जस अनुसार १६ गते बड्का सिसहनियाँ, भानपुर, लहवा, पहरुवामा विहान ७ बजे, अर्नहनपुर, काहलुवा, कालापानीमा १२ बजे, पिपरामा विहान ९ बजे, विजौरीमा विहान ८ बजे र सिंगेमा विहान ११ बजे समय निर्धारण गरिएको बताइएको छ । त्यसै गरि १७ गते छुट्की सिसहनियाँ, मझेरीया, पथ्थरगढवा, सगरापुर बगरापुर, भगवानपुरमा विहान ७ बजे जगपुरमा विहान ११ बजे र पिपरी, बजार क्षेत्रमा दिउसो १२ बजे कार्यक्रम तय गरिएको गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी दिनु भएको छ । साथै कार्यक्रममा बोल्ने अन्य सहभागी वक्ताहरुले गाविसलाई बालमैत्री गाविस बनाउन बालश्रम र बाल विवाह नै मुख्य चुनौती सँगै विद्यालयमा केहि बालबालिकाहरु फाट फुट रुपमा नगएको भन्दै अभिभावकहरुले सचेतना अपनाउनु पर्ने बताएका थिए । साथै उनीहरुले बालबालिकाहरु प्रति गर्ने व्यवहारमा घरपरिवार बाटै विभेद हुने गरेकाले पनि बालमैत्री गाविस घोषणामा समस्या रहेको बताएका थिए । उनीहरुले बालबालिकाहरु बालश्रममा जानुको मुख्य कारण गरिवी र बेरोजगारी भएकाले त्यसको पहिचान गरि स्थानीय निकायबाटै केहि हद सम्म समस्याको समाधान गर्न सकिने बताएका थिए । 


कार्यक्रममा विद्यालयका शिक्षक, प्र.अ र बाल क्लवका अगुवाहरुले अव छिट्टै नै बालबालिकाहरुको अवस्थाबारे अनुगमन गरि बालश्रमलाई राक्न कडाईका साथ लाग्ने बताएका छन् साथै सहभागी अन्य वक्ताहरुले अधिकांश बाल विवाह तराईमा भन्दा पहाडी क्षेत्रमा बढेको र पहाडी क्षेत्रमा अझै पनि घरमै सुत्केरी गराउने समस्या रहेकाले अव यसका लागि गाउँ गाउँमा अभिभावकहरुलाई सचेत गराउनु पर्ने बताएका थिए ।  यसै बिच कार्यक्रमको सहजीकरण गर्दै गाविस सचिव मंगलप्रसाद चौधरीले गाविसलाई बालमैत्री घोषणाका लागि २७ ओटा सुचकहरु मध्ये हाल सम्म ८५ प्रतिशत सुचक पुरा गरि सकेकाले अव बाकी रहेको १५ प्रतिशत सुचक पनि तोकेकै समयमा पुरा गरिने बताए । गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष बसन्तप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विष्णुमाया चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य