भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुर"/>

2026-09-19 04:15 PM
दाङ्ग - DNG

देउखुरीको सिसहनियाँलाई बालमैत्री गाविस बनाउन प्रअ र बाल क्लव सँग छलफल

भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै  

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ गाविसलाई बालमैत्री गाविस बनाउन विद्यालयका शिक्षक तथा प्र.अ र बाल क्लवहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा शनिवार सिसहनियाँ गाविसमा विद्यालयका शिक्षक तथा प्र.अ र बाल क्लवहरु सँग भएको अन्तरक्रियात्मक छलफल कार्यक्रमले गाविसलाई तोकेको समय २०७३ चैत्र मसान्त सम्म बालमैत्री गाविस घोषणा गर्न आफनो जिम्मेवारी बहन गरि पुरा हुन बाँकी रहेका सुचकहरु पुरा गर्न भोली असोज १६ गते देखि २ दिने गाउँ केन्दित कार्यक्रम सञ्चालन गर्ने गरी जिम्मेवारी समेत बाडफाड गरिएको छ ।

 

जस अनुसार १६ गते बड्का सिसहनियाँ, भानपुर, लहवा, पहरुवामा विहान ७ बजे, अर्नहनपुर, काहलुवा, कालापानीमा १२ बजे, पिपरामा विहान ९ बजे, विजौरीमा विहान ८ बजे र सिंगेमा विहान ११ बजे समय निर्धारण गरिएको बताइएको छ । त्यसै गरि १७ गते छुट्की सिसहनियाँ, मझेरीया, पथ्थरगढवा, सगरापुर बगरापुर, भगवानपुरमा विहान ७ बजे जगपुरमा विहान ११ बजे र पिपरी, बजार क्षेत्रमा दिउसो १२ बजे कार्यक्रम तय गरिएको गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी दिनु भएको छ । साथै कार्यक्रममा बोल्ने अन्य सहभागी वक्ताहरुले गाविसलाई बालमैत्री गाविस बनाउन बालश्रम र बाल विवाह नै मुख्य चुनौती सँगै विद्यालयमा केहि बालबालिकाहरु फाट फुट रुपमा नगएको भन्दै अभिभावकहरुले सचेतना अपनाउनु पर्ने बताएका थिए । साथै उनीहरुले बालबालिकाहरु प्रति गर्ने व्यवहारमा घरपरिवार बाटै विभेद हुने गरेकाले पनि बालमैत्री गाविस घोषणामा समस्या रहेको बताएका थिए । उनीहरुले बालबालिकाहरु बालश्रममा जानुको मुख्य कारण गरिवी र बेरोजगारी भएकाले त्यसको पहिचान गरि स्थानीय निकायबाटै केहि हद सम्म समस्याको समाधान गर्न सकिने बताएका थिए । 


कार्यक्रममा विद्यालयका शिक्षक, प्र.अ र बाल क्लवका अगुवाहरुले अव छिट्टै नै बालबालिकाहरुको अवस्थाबारे अनुगमन गरि बालश्रमलाई राक्न कडाईका साथ लाग्ने बताएका छन् साथै सहभागी अन्य वक्ताहरुले अधिकांश बाल विवाह तराईमा भन्दा पहाडी क्षेत्रमा बढेको र पहाडी क्षेत्रमा अझै पनि घरमै सुत्केरी गराउने समस्या रहेकाले अव यसका लागि गाउँ गाउँमा अभिभावकहरुलाई सचेत गराउनु पर्ने बताएका थिए ।  यसै बिच कार्यक्रमको सहजीकरण गर्दै गाविस सचिव मंगलप्रसाद चौधरीले गाविसलाई बालमैत्री घोषणाका लागि २७ ओटा सुचकहरु मध्ये हाल सम्म ८५ प्रतिशत सुचक पुरा गरि सकेकाले अव बाकी रहेको १५ प्रतिशत सुचक पनि तोकेकै समयमा पुरा गरिने बताए । गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष बसन्तप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विष्णुमाया चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा