सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस"/>
2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको महाप्रभु सहकारीको नवौँ बार्षिक साधारण सभा सम्पन्न

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक नारायणप्रसाद बेल्बासेको बिशिष्ट आतिथ्यमा भएको सभामा संस्थाका सचिव हिमानन्द पाण्डेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा समिती संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।


संस्थाका शिक्षा समितीकी सदस्य शारदा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले गा्रमिण भेगका उद्यमी, किसानहरुलाई अधिकतम सेवा प्रभाव गर्नु पर्ने बताएका थिए । उनीहरुले सहकारी संस्था अझै पनि गरिब गुरुवाको घर सम्म पुग्न नसकेको भन्दै गा्रमिणमुखि हुनुपर्ने बताएका थिए । सो अवसरमा संस्थाले जेष्ठ नागरिक सधनी चौधरी, गंगाराम पोख्रेल, असल बचतकर्ता सुर्यबहादुर गिरी, असल ऋणी भुमिदेवी पुन, असल बाल बचतकर्ता प्रमिला चौधरीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा स्वर्गद्धारी गा्रमिण बिद्युत सहकारी संस्थाका अध्यक्ष बिश्वराज आचार्य, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, लालमटिया गाविस सचिव दामोदर पोख्रेल र पत्रकार महेश रिजाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा