रबिन्द्र यादव/ असोज १५ नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले भुजहवा गाउँ विकास समिति मा युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष धिरज त्रिपाठी को अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि रहनु भएका अन्सारीले युवा नेतृत्व क्षमता अभिवृद्धि मा मंचले खेलेको भुमिका को सरहना गर्नु भएको थियोे साथै आजको आवश्यकता युवाको एकता रहेकोमा जोड दिदै मंचले कुनै राजनीतिक संगठन संग आबध्द न रहि समाजिक क्रियाकलाप, शिक्षा, युवा रोजगार, चेलिबेटी बेचबिखन रोकथाम, लागू अौषध दुर्बेसनी रोकथाम लगायतका जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव दिनु भएको थियोे । सो कार्यक्रममा मंचका सचिव रामेश्वर कोइरी, भानु चौहान, सुनिल पटेवा, धर्मेन्द्र मौर्या, मातृका जैसवाल, आयुष खरवार, मनोज यादव लगायतले सम्बोधन र बडा दशैको शुभकामना दिनु भएको थियोे भने इसरायल अन्सारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा संचालन शिवेन्द्र यादव गर्नु भएको थियो ।
साथै मंचले अम्मर यादवको नेतृत्वमा ११ सदस्यीय उप समिति समेत गठन गरेको छ जसमा उपाध्यक्ष अंगिरा यादव, सचिव शिवेन्द्र यादव, कोषाध्यक्ष सरस्वती कोइरी, सह सचिव सोनमति हरिजन लगायतका रहनु भएको छ । हाल मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको पक्लिहवा, हरपुर, गुठी परसौनी, रमपुरवाँ लगायतका गाउँ विकास समितिहरुमा उप समिति गठन र जनचेतनामूलक कार्यक्रम गरि सकेको तथा अन्य गाविसहरुमा समेत यस्तै कार्यक्रम गरिने मंचका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भएको छ ।