२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा महिला पक्राउ

२०८०, २३ श्रावण मंगलवार ०७:००

एजेन्सी | रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।

उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको भ्रमण तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन्।


रूसलाई समर्थन गर्ने स्थानीयले युक्रेनका सैन्य सूचनाहरू मस्को पुर्‍याउने गरेको आरोप युक्रेनले लगाउँदै आएको छ।

सेक्युरिटी सर्भिस अफ युक्रेनले ती महिलाले सैन्य सूचना रूसी गुप्तचरलाई दिइरहेका बेला नै पक्राउ गरिएको बताएको छ।

गत जुनमा जेलेन्स्कीले बाढी प्रभावित क्षेत्र माइकोलेभको भ्रमण गरेका थिए। उक्त भ्रमणअघि नै ती महिलाबारे सुरक्षा संस्थाले जानकारी पाएका थिए।

उनी ओचाकिभ भन्ने सानो सहरमा बस्थिन्। जेलेन्स्की गत जुलाईमा उक्त ठाउँमा गएका थिए।

लामो समयसम्म ती महिलामाथि अनुसन्धान गरेपछि सुरक्षाकर्मीलाई उनलाई पक्राउ गरेका हुन्।

ती महिलामाथि सैनिक र हतियारको आवातजावतबारे अनधिकृत सूचना पठाएको आरोपमा मुद्दा चल्ने छ। दोषी ठहर भएमा उनलाई १२ वर्ष कैद सजाय हुन सक्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ