2026-07-24 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका चिकित्सक पक्राउ

साउन २३, काठमाडौँ | महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयका चिकित्सक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आइतबार राति महानगर ४ स्थित पीडित महिलाको घर बाहिरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मधेस प्रदेश मिर्चैैयाका ४२ वर्षीय डाक्टर दीपेन्द्रकुमार महतो रहेको प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

मादक पदार्थको नशामा रहेका महतोले आइतबार राति करिब १० बजे पीडित महिलाको घर क्षेत्रमा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप रहेको प्रहरी निरीक्षक नायकले जनाए।

सह प्रवक्ता तथा प्रहरी निरीक्षक नायकका अनुसार पक्राउ परेका महतोविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ परेका महतो यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक हुन्। उनले कार्यालयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरूको नेत्र परीक्षण गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक