2026-09-07 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै छोरीलाई करणी गरेर बाबु फरार

साउन २४, काठमाडौँ | रुपन्देहीमा एक बाबुले आफ्नै छोरीलाई करणी गरेर फरार भएका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २, तल्लो खैरेनीस्थित ३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीया नाबालिग छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि उनी फरार भएका हुन् । प्रहरीले आरोपितको खोजतलास जारी राखेको जनाएको छ ।

छोरीलाई पटक पटक बलात्कार गर्दै आएको आरोप लगाउँदै किशोरीकी आमाले उजुरी दिएकी छन् ।

दोस्रो विवाह गरेकी पीडित बालिकाको आमाले छोरी पहिलो श्रीमानको भएको बताएकी छन् । चार महिनादेखि बालिकालाई आफूसँगै ल्याएकी थिइन् ।

गत असारदेखि डर, धम्की दिँदै आफ्नो आमा नभएको मौका छोपी पटक पटक बलात्कार गर्दै आएको बालिकाले बताइन् । हाल आरोपी फरार भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवु सुनारले बताए ।

उनले इलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी गरिएको र अभियुक्तको खोजतलास भइरहेको बताए ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाएको बताए ।

उनले करणीको मुद्दा इप्रका बुटवलले नै हेर्ने भएकाले उतै पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते