२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वकिलहरूलाई इमरान खानले भने : जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

२०८०, २४ श्रावण बुधबार ११:४७

एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिललाई जेलाभित्रको झिँगा र लामखुट्टेको आतङ्कले आफू त्यहाँ बस्न नचाहेको बताएका छन् ।  

इमरानले आफ्ना वकिललाई ‘जेल भित्र दिनभरि झिँगा र रात भरी लामखुट्टेले सताउने गरेको ’ बताए ।  पाकिस्तानको एक अदालतले तोसाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।

इस्लामवादको स्थानीय अदालतको फैसला आएको केही समयपछि शनिवार ७० वर्षीय इमरान खानलाई उनको घरबाट पक्राउ गरिएको थियो ।

उनले आफ्नो सजायविरुद्ध इस्लामाबाद उच्च अदालतमा अपिल गरेका छन् । जियो न्युजले अट्टक जेलका स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्षले आफ्नो कानुनी टोलीलाई आफू जेलमा बस्न नचाहेको बताएको जानकारी दिएको छ । स्रोतका अनुसार उनले भनेका छन्, ‘मलाई यहाँबाट निकाल्नुहोस्, मलाई जेलमा बस्नु छैन ।’

सोमबार जेल प्रशासनले इमरान खानका वकिल नईम हैदर पन्जोथालाई भेट्न अनुमति दिएको थियो । भेटपछि उनले पूर्वप्रधानमन्त्रीलाई निकै खराब अवस्थामा राखेर कारागारमा सी क्लासको सुविधा दिएको आरोप लगाए ।

पन्जोथाले भने, ‘यति हुँदाहुँदै पनि इमरान खानको मनोबल उच्च छ र उनले दास हुनुको साटो  जीवनभर जेलमा बिताउनु स्वीकार्य रहेको बताए ।’

इमरान खानविरुद्ध २०१८ र २०२२ को बीचमा आफू प्रधानमन्त्री रहँदा सरकारी खजानाबाट उपहारहरू किनबेच गर्ने अधिकारको दुरुपयोग गरेको आरोप छ ।

उनले आफ्नो विदेश भ्रमणका क्रममा यी उपहार प्राप्त गरेका थिए जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ थियो ।

पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूले प्राप्त उपहार सरकारी कोषको तोसाखानामा जम्मा गर्नुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण