2026-09-24 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘श्रम मन्त्रालयको ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित छ’ (भिडियो सहित)

साउन २५, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित रहेको बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा सचिव भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको दाबी गरे । 

उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए ।  उनले वैदेशिक रोजगार क्षेत्रलाई मात्र ध्यान दिँदा नेपालको आन्तरीक श्रमको अवस्था कमजोर अवस्थामा रहेको बताए । उनले भने ‘वैदशिक रोजगारको कामलाई स्थानीयकरण गर्नुपर्छ भनेर जिम्मा लिएका छौं, त्यसैले  अलि धेरै लोडका साथ काम गरीरहेका छौ ।’ 

त्यस्तै उनले वैदेशिक रोगजारीमा युवाहरुको आकर्षण रहेको कारण तत्काल नेपालमै युवाहरुलाई रोक्न सम्भव नभएको भन्दै वैदेशिक रोजगार क्षेत्रलाई पनि व्यवस्थित गर्ने काम भइरहेको बताए । उनले भने ‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ ।’ सचिव भण्डारीले वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावरहरुले इथिकल रिक्रुमेन्टलाई ध्यान दिएका छन् कि छैनन् भन्ने कुरामा मन्त्रालय केन्द्रित रहेको बताए । 

मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदायक संस्थालगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउनेलगायतका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । 

छलफल कार्यक्रममा बिभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुले श्रम रोजगार क्षेत्रभित्रको बेथिति औंल्याउँदै त्यस बिरुद्ध सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण गराएका थिए । संचारकर्मीहरुले मन्त्रालयले रोजगारका क्षेत्रहरु खोज्न, बिभिन्न देशसँग श्रम सम्झौता गर्न, राम्रो काम गर्ने म्यानपावरहरुलाई सम्मान गर्नुपर्ने तथा गलत गर्नेलाई कारवाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकटको नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने साथै सामाजिक संजालमा आउने भ्रामक बिज्ञापनहरुलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए । 

कार्यक्रममा वैदेशिक रोजगार बिभागमा महानिर्देशक मदन दाहालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार बिभाग तत्पर रहेको बताए । उनले बिभाग सिमित स्रोत-साधनमा चलेको हुँदा ब्यापक समस्या समाधानमा अफ्ट्यारो भएको बताए । उनले भने ‘हाम्रो स्रोतले भ्याएसम्म गरेका छौं । गलत गर्नेहरुलाई छुट हुँदैन । मंगलबार मात्र एउटा म्यानपावरलाई दफा ५१ अन्तर्गत खारेज गरेका छौं ।’ यसैबीच बिभागले बुधार पनि अर्को एक म्यानपावरको इजजात खारेज गरेको छ । ति म्यानपावरहरुले कामदारबाट रकम अशुली गरेर क्षेतिपूर्ति दिन आनाकानी गरेको बिभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी