२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति बढाउने तयारी, दुःख पाएर फर्कनेलाई समेत क्षतिपूर्ति

२५ श्रावण २०८०, बिहीबार ०५:२६

साउन २५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको हो । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

सहसचिव घिमिरेका अनुसार यो रकम कति हुने भन्ने बारे भने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुनेछ । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने छ,’ उनले भने, ‘हामी सोही कार्यविधि निर्माणको तयारीको चरणमा छौं ।’ 


मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ । सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डको २०७९/८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकको विदेशमा निधन भइरहेको छ ।

विदेशबाट दुःख पाएर फर्कने श्रमिकलाई समेत क्षतिपूर्तिको व्यवस्था गरिने

मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।

‘मृतक परिवारसँगै सरकारले हेर्नुपर्ने अन्य श्रमिकलाई समेत कसरी सम्बोधन गर्ने भन्नेबारे हामीले गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई हालै मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो । रोजगार कल्याणकारी कोषमा भने श्रमिक विदेश जाने बेला नै निश्चित रकम जम्मा गर्ने गरिन्छ । सो रकम मृतक श्रमिकको परिवारलाई क्षतिपूर्ति स्वरुप दिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान