८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै बागलुङका युवा

१६ आश्विन २०७३, आईतवार ०३:०४

असोज १६, बलेवा (बागलुङ) । बागलुङ बजार क्षेत्र र यस आसपासको ट्राफिक व्यवस्थापनको काममा यहाँका युवाले सक्रियता देखाउन थालेका छन । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘युथ अफ बागलुङ’ले नयाँ अभियान थालेको हो । 

हालसम्म कुनै पनि सडकमा जेब्रा क्रसिङ नरहेको बागलुङमा युवाले अहिले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्न थालेका छन् । “आम नागरिकलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्नेसमेत जानकारी छैन” युथ अफ बागलुङका अभियन्ता सुमन रेग्मीले भन्नुभयो – “थोरै जानकारी भएका समेत कुनै पनि सडकमा जेब्रा क्रसिङ नदेखेपछि झन अलमलमा परेको पायौँ ।” युथ अफ बागलुङले प्रहरीसँग मिलेर विभिन्न सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । 

‘परिवर्तनका लागि युवा’ भन्ने नाराका साथ अभियान थालेका युवाले अहिले बागलुङ नगर क्षेत्रभित्रका मुख्य सडकमा जेब्रा क्रसिङ निर्माण गरिरहेका छन् । युवाले नगरपालिकाको मालपोत चोक, हल्लन चोक, धौलागिरी चोक, जिपपार्क, कालिका मन्दिर परिसरलगायतका सडकमा जेब्रा क्रसिङ निर्माण गरिसकेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । 

सकारात्मक कामको सुरुवात गरेका युवाको अभियानमा प्रहरी प्रशासनले समेत साथ दिने प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता