2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै बागलुङका युवा

असोज १६, बलेवा (बागलुङ) । बागलुङ बजार क्षेत्र र यस आसपासको ट्राफिक व्यवस्थापनको काममा यहाँका युवाले सक्रियता देखाउन थालेका छन । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘युथ अफ बागलुङ’ले नयाँ अभियान थालेको हो । 

हालसम्म कुनै पनि सडकमा जेब्रा क्रसिङ नरहेको बागलुङमा युवाले अहिले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्न थालेका छन् । “आम नागरिकलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्नेसमेत जानकारी छैन” युथ अफ बागलुङका अभियन्ता सुमन रेग्मीले भन्नुभयो – “थोरै जानकारी भएका समेत कुनै पनि सडकमा जेब्रा क्रसिङ नदेखेपछि झन अलमलमा परेको पायौँ ।” युथ अफ बागलुङले प्रहरीसँग मिलेर विभिन्न सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । 

‘परिवर्तनका लागि युवा’ भन्ने नाराका साथ अभियान थालेका युवाले अहिले बागलुङ नगर क्षेत्रभित्रका मुख्य सडकमा जेब्रा क्रसिङ निर्माण गरिरहेका छन् । युवाले नगरपालिकाको मालपोत चोक, हल्लन चोक, धौलागिरी चोक, जिपपार्क, कालिका मन्दिर परिसरलगायतका सडकमा जेब्रा क्रसिङ निर्माण गरिसकेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । 

सकारात्मक कामको सुरुवात गरेका युवाको अभियानमा प्रहरी प्रशासनले समेत साथ दिने प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई