८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खोलाबाट ढुङ्गा-गिट्टी चोरी निकासी रोक्न माग

१६ आश्विन २०७३, आईतवार ०३:२२

असोज १६, पथरी (मोरङ) । मोरङका खोलाबाट ढुङ्गा गिट्टीको चोरी निकासी बढेको छ । नदी नियन्त्रण उपभोक्ता समिति मोरङका अध्यक्ष अम्बिका बोहोराका अनुसार मोरङको मावा, बक्राहा, चिसाङ, डास, सीता, खदम, केर्खालगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्र्याक्टरले निकासी गर्ने गरिएको छ । 

अध्यक्ष बोहोराले उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउनु भएको छ । उक्त समितिले चोरी निकासी रोक्न माग गरेको छ । 

केर्खा खोला नजिकैको घरमा बस्दै आउनुभएका स्थानीय हरि खड्काका अनुसार राति ढुङ्गा गिट्टी बालुवा चोरी गर्दा वातावरण असान्त भएका कारण नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको हो । रातको समयमा ढुङ्गा गिट्टी बालुवा चोरी निकासी गर्दा गाउँ बस्तीमा हो–हल्ला गरेर सुतिराखेका स्थानीयवासीको निद्रा खलबल्याएको र थप अरु सामग्री चोरी हुने जोखिम बढेको स्थानीय प्रशासनसँग शान्ति सुरक्षा दिन माग गरिएको अध्यक्ष बोहोराको भनाइ छ । 

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलेमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता वस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको डास खोलाको छेउमा बस्दै आएका मोहन लिम्बूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए