२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनका घाइते पूर्वसैनिकलाई ‘सेक्स’ सिकाइँदै !

२०८०, २८ श्रावण आईतवार ०८:०५

एजेन्सी | राजधानीको किभको माझमा रहेको एउटा आधुनिक कार्यालयमा २६ वर्षीय युक्रेनी पूर्वसैनिक आफ्नो मोबाइल फोनमा गर्वसाथ एउटा भिडियो चलाइरहेका छन्, जसमा उनले एकजना युवतीलाई भान्साकोठामा मज्जासँग चुम्बन गरिरहेको देखिन्छ ।

यो रिसेक्स नामक च्यारिटी परियोजनाको एक विज्ञापन हो । यो परियोजनाले रुससँगको युद्धमा घाइते भएका र मानसिक आघातसमेत भोगेका पूर्वयुक्रेनी सैनिकहरुलाई उनीहरुको यौन जीवन उत्कृष्ट बनाउन सहयोग गर्दछ ।


गत वर्षको मार्च महिनामा रुसी सैनिकले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा घातक हमला गरेर सहरको अधिकांश हिस्सा ध्वस्त पारे । त्यसबेला युक्रेनी जलसैनिकको रुपमा रुसी सेनासँग भिडन्त गरेका हलिब स्ट्रिज्कोले अन्तिम समयसम्म पनि सहरको प्रतिरक्षाका लागि लडिरहे । तर रुसी सेनाले हानेको बम विस्फोटबाट उनी बसेको भवन भत्कियो र उनी तेश्रो तलाबाट भुईंमा झरे । उनी भवनको भग्नावशेषमा चेपिए ।

उक्त घटनामा उनको कम्मर, नाक तथा दाँतहरू भाँचिएका छन् । बम विस्फोटका बेला उत्पन्न तापले गर्दा आफूले लगाएको चस्मा समेत पग्लिएर अनुहारमा झरेको उनी बताउँछन् । त्यसपछि उनलाई रुसी सेनाले कब्जामा लियो र युद्ध बन्दीको रुपमा राखियो ।

अर्को महिना रुस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति अनुरुप उनलाई रुसी सेनाले मुक्त गर्‍यो र युक्रेनी भूभागमा ल्याएर छाडिदियो । आफू गम्भीर घाइते हुनुका बाबजुत रुसको कब्जामा रहेको बेला निकै कममात्रै स्वास्थ्य उपचार पाएको उनी बताउँछन् ।

युक्रेन आएसँगै हलिबले स्वास्थ्य लाभ गरिरहेका बेला रिसेक्स नामक संस्थाले उनीसँग सम्पर्क राख्यो । उनी भन्छन्, ‘मेरो कम्मरको हड्डीमा चोट लागेपछि मैले समस्या भोग्नुपर्‍यो र त्यो निको हुन समय लाग्यो । यस्तो बेला यौन सम्पर्कको विषयमा खासै कुरा हुँदैनथ्यो । त्यसैले मेरो जस्तो घटना अरु मानिसलाई नहोस् भन्ने म चाहन्छु।’

यद्यपि रिसेक्समा सहभागी हुँदा उत्प्रेरणा प्राप्त भएको उनको भनाइ छ । रिसेक्स परियोजना सञ्चालन गरिरहेको भेट्रान क्लबकी एकजना संस्थापक इभोना कोस्टिनाका अनुसार यस्तो परियोजनाको अवधारणा सन् २०१८ मै विकास गरिएको थियो । युद्धमा सहभागी भएका अमेरिकी सैनिकहरुका बारेमा पढेपछि यस्तो अवधारणा आएको उनको भनाइ छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै उक्त परियोजना सञ्चालनमा उनीहरुलाई आर्थिक सहयोग पनि प्राप्त भयो । त्यसपछि आफ्नो सहयोग आवश्यक परेका महिला तथा पुरुष सैनिकहरुले पाउने कुराको सुनिश्चितता गर्नका लागि उनीहरुले युक्रेनी सैनिक तथा विज्ञहरुसँग छलफल गरे ।

तर सुरुमा अनलाइनमा केही प्रश्नहरु सोधेर जवाफ माग्दा आम मानिस तथा पूर्वनिकहरुमा केही द्विविधा उत्पन्न भएको उनीहरुले देखे । कतिपयको भनाइ थियो, ‘मानिसहरु यहाँ मरिरहेका छन्, तिमीहरु सेक्सको कुरा गर्छौ ?

इभोनाका अनुसार उनीहरु आफैंभित्रका केही पूर्वाग्रहहरुसँग पनि जुध्नुपर्‍यो । भेट्रान सैनिकहरु सबैजना आफ्नो यौन जिवनमा संघर्ष गरिरहेका हुन्छन् भन्ने गलत धारणा थियो उनीहरुमा ।’

इभोना भन्छिन्, ‘अस्पताल, घर तथा अन्यत्र सबैतिर मज्जाले पर्याप्त यौन सम्बन्धहरु भैरहेका छन् । यस्तोमा हामी कसरी सहयोगी बन्न सक्छौं ? भन्ने पनि लाग्यो ।’

यद्यपि सोधिएका प्रश्नका जवाफहरु समग्रमा निकै सकारात्मक थिए । रिसेक्स च्यारिटीले सुरुवातमै ६ हजार जति बुकलेटहरु छापेर युक्रेनभरका स्वास्थ्य केन्द्रका साथै भेट्रान र उनीहरुका परिवार सम्म पठायो । साथै उक्त बुकलेट अनलाइनमा पनि उपलब्ध गराइयो ।

साथै भिडियो, ग्राफिक्स र हेल्पलाइन नम्बरसहितको सोसल मिडिया अभियान पनि सुरु गरियो । रिसेक्सले यौन विषयका हरेक पाटोहरुलाई समेट्ने प्रयास गर्‍यो, हस्तमैथुनदेखि सेक्स टोए र आधारभूत जैविक पक्षसम्म ।

इभोना भन्छिन्, ‘ हामीले सबै कुरा समेट्ने कोसिस गर्यौं । जानकारी पुस्तिकामा एउटा यस्तो खण्ड पनि थियो जुन एक पटक पनि यौन सम्पर्कको अनुभव नभएका भर्जिन भेट्रान सैनिकहरुप्रति लक्षित थियो ।’

त्यसैले घाइते भैसकेपछिको सम्भोग नै उनीहरुको जीवनको पहिलो सम्भोग हुन्थ्यो । तर त्यो उनीहरुले कल्पना गरेको भन्दा केही फरक हुनेवाला थियो ।

रिसेक्सकी परियोजना व्यवस्थापक क्याटेरिना स्कोरोखोडका अनुसार उनीहरुले पुस्तिकामा महिला र पुरुषका लागि छुट्टाछुट्टै जानकारी तथा सुझावहरु प्रदान गरेका थिए । जसका कारण सम्बन्धित पार्टनरलाई उनीहरुको अनुभव तथा सरीर सुहाउँदो सुझाव प्राप्त होस् । यद्यपि आफूहरुको परियोजना शारीरिक नभई संवेगात्मक पक्षमा बढी केन्द्रित भएको उनी बताउँछिन् ।

क्याटेरिना भन्छिन्, ‘यो भनेको तपाईंले यस्ता चोटपछि आफैंलाई कसरी स्वीकार गर्नुहुन्छ ? कसरी आफैलाई माया गर्नुहुन्छ अनि आफ्नो पार्टनरसँग सम्भोग र सम्बन्धमा आत्मीयतासँगै कसरी सम्बन्ध स्थापना गर्नुहुन्छ ? भन्ने कुरा हो ।’

यद्यपि आफ्ना प्रश्नावलीहरुको उत्तरका लागि भेट्रानहरुको जवाफमा मात्रै भर पर्दा आफूहरुको शोधमा केही खाडल सिर्जना हुनसक्ने र समलिंगी समुदायबाट यस्ता प्रश्नको जवाफ पाउनै मुस्किल हुने गरेको अनुभव गरेको क्याटेरिना बताउँछिन् ।

तथापि उनीहरुले युद्धमा सहभागी भई घाइते भएका युक्रेनी पूर्वसैनिकका बारेमा धेरै कुरा सिक्ने अवसर पाए । युद्धका कारण सैनिकहरुको मस्तिष्कमा परेको आघात तथा चोट प्रायः निदान नै नहुने र त्यसको उपचार पनि पर्याप्त नहुने गरेको तथ्य उनीहरुले थाहा पाए । यसले उनीहरुको यौन इच्छाका साथै समग्र यौनिक गतिविधि र क्षमतामै प्रभाव पारिरहेको हुन्छ ।

इभोनाका अनुसार यौनका विषयमा कुराकानी गर्न प्रयोग गरिने भाषा पनि महत्वपूर्ण हुन्छ ।

उनका अनुसार कुनै खेलकुदमा प्रयोग गरिने भाषाजस्तो सजिलो यौन विषयको भाषा हुँदैन । यो कुनै नाटकीय भाषा होइन र कुनै सामान्य समस्या समाधान गर्ने जस्तो कुरा पनि होइन ।

उनका अनुसार भेट्रानहरुलाई के कुरा बुझाउन सक्नुपर्छ भने उनीहरुले नचाहेसम्म सम्भोग हुँदैन र पहिलोपटकको सम्भोग अप्ठेरो र पीडादायी हुनसक्छ । आफू सहभागी भैरहेको रिसेक्स परियोजनाका विषयमा भेट्रान सैनिक हलिबको सकारात्मक धारणा छ ।

घाइते भएयता तपाईंको कुनै केटी साथी भयो कि ? भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘जब म बन्दी अवस्था तथा अस्पतालबाट फर्किएँ त्यतिबेला मसँग गर्ल्फ्रेण्ड थिइन् । त्यस्तै परियोजनाका प्रश्नावलीका क्रममा पनि अर्की केटी साथी थिइन् । र, अहिले मसँग पार्टनर छिन् । यसबीचमा मैले एकजना गुमाएको हुनसक्छु।’

यद्यपि आफूले विगतका वर्षहरुमा डेटिंग गरेका सबै जनालाई आफूले धन्यवाद दिने उनी बताउँछन् । उनी भन्छन्, ‘मसँग सम्बन्धमा रहेका सबै पार्टनरहरु मेरा लागि निकै महत्वपूर्ण रहे किनकि मेरो आत्मविश्वास पुनर्प्राप्तिका लागि उनीहरुले सहयोग गरे । म त्यसका लागि उनीहरुप्रति कृतज्ञ छु।’  बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ