२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोलखामा निउरो टिप्न गएका बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता

२८ श्रावण २०८०, आईतवार १०:५७

साउन २८, दोलखा | दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन्। बिगु गाउँपालिका– ७ का राखम गाउँका अन्दाजी ३५ वर्षीय  निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। 

बिगु गाउँपालिकाका– ७ का अध्यक्ष दलबहादुर श्रेष्ठका अनुसार  आइतबार तिनपाटेन जिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोले पुरेको हो।

खोलाकिनारमा निउरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा एक्कासि आएको बाढीले बगाएको बिगु– ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

बेपत्ता भएका निम्दोर्जेको थोरै निउरोसहितको कालो झोला पहिरोले सोरिएकै ठाउँमा भेटिएको र त्यसभन्दा केही तल एकथान गम्बुट भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष श्रेष्ठका अनुसार अघिपछि सुक्खा हुने खोलामा लगातारको वर्षापछि आएको भलले बाबुछोरा बगाएको र नजिकै ठूलो खोला भएकाले सोही खोलामा मिसाएको हुन सक्ने अनुमान गरिएको छ।

निउरो टिप्न गएका तीनजनामध्ये दुईजना बेपत्ता भए पनि अर्का एकजनाले भने भागेर ज्यान जोगाएका छन्। घटना दिउँसो करिब १ बजे घटेको बताइएको छ। घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै