असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुक"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

देशभरका गिद्ध संरक्षणकर्मी बर्दियामा भेला

१६ आश्विन २०७३, आईतवार ०४:०२

असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाको तय तथा स्थानीय संरक्षण समुदायको सशक्तिकरणका लागि बर्दियामा भेला भएका छन् । 

नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने स्थानीय संरक्षण समूह तथा संस्थाका लागि गिद्ध सुरक्षित क्षेत्र व्यवस्थापन तालिमको उद्घाटन गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले दुर्लभ गिद्ध संरक्षणमा स्थानीय समुदायले पु¥याएको योगदानको प्रशंसा गर्दै सरकारले लागू गरेको गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनका लागि आह्वाह गर्नुभयो । 

गिद्ध विनाशको कारक डाइक्लोफेनेक भएकाले गिद्ध संरक्षणका लागि सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको छ र त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण सुरु गरेको छ । 

प्रतिबन्धित औषधि ‘डाइक्लोफेनेक’को पशु उपचारमा प्रयोग गरेको खण्डमा तीन वर्ष कैद वा रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । 

दक्षिण एसियामा पाइने नौ मध्ये नौ प्रजातिका गिद्ध नै नेपालमा पाइन्छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार