2026-07-25 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक वर्षमा विदेशमा रहेका १२ सय बढी नेपालीले गुमाए ज्यान

साउन ३०, काठमाडौँ | पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।  वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् ।

“गत आर्थिक वर्ष मृत्यु हुनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला रहेका छन्,” सूचना अधिकारी पौडेलले बाह्रखरीसँग भने ।  मृत्यु भएका व्यक्तिको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको उनले जनाए ।

 

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर विरामी भएका ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गरेको छ ।  सूचना अधिकारी पौडेलका अनुसार अंगभंग तथा गम्भीर बिरामी भएकालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप  ५६ लाख रुपैयाँ प्रदान गरिएको छ ।  छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीका गएकाहरुको दुई हजार ९५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । 

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरी कुल ८१८ जनाको शव व्यवस्थापन (ढुवानी) गर्न दुई करोड ८५ लाख ८० हजार रुपैयाँ बोर्डले खर्च गरेको छ । 

विभिन्न कारणले विदेश अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार ८०० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।  यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गरेको विवरणमा उल्लेख छ । 

गत वर्ष नै बोर्डले वैदैशिक रोजगारीमा जानेहरुलाई अभिमुखिकरण तालिमबापतको रकम शोधभर्ना गर्दा तीन लाख ५४ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।  “गत आर्थिक वर्ष समग्रमा कल्याणकारी कार्य अन्तर्गत ६ हजार ४६९ जनालाई आर्थिक सहायता स्वरुप कुल ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ प्रदान गरिएको छ,” सूचना अधिकारी पौडेलले बताए । 

गत आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक