2026-07-25 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद् विघटनबारे ओलीको दलिल– हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं, त्यो नगरी नहुने थियो

साउन ३०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउन तत्कालीन संसद् भंग गर्नु परेको प्रष्टीकरण दिएका छन् । मंगलवार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र चिर्न संसद् विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।

संसद् विघटन गर्ने तत्कालीन आफ्नो सरकारको कदम राजनीतिक र संवैधानिक भएको उनले दाबी गरे । ‘पुस ५ गते प्रतिनिधि सभा विघटन सिफारिस र विघटन गर्‍यौं । ठीक ठानेर गर्‍यौं । नभए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो,’ उनले भने, ‘हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं । षडयन्त्र छिन्यौं । पुनर्स्थापना भयो तर, केही पनि बिग्रेन । हाम्रो लागि त्यो नगरी नहुने थियो । त्यो राजनीतिक र संवैधानिक कदम थियो ।’

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाए । ‘विचरा माधव नेपाल । नाम त नलिए हुने हो । कम्युनिस्ट आन्दोलन समाप्त पार्न उनले के गरेनन् ? दक्षिणपन्थी सरकार बनाए । हाम्रै वरिष्ठ नेता भएर हाम्रो सरकार गिराए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक