२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टिकौली दुर्घटना : कलेजको बसले शव बोकेको बोलेरोलाई ठक्कर दियो, त्यसपछि…

३१ श्रावण २०८०, बुधबार ०८:२२

साउन ३१,काठमाडौं | भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

त्यसपछि बा. प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।

घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन खैरहनी न.पा- ४ बस्ने वर्ष अं.६०/६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ बस्ने वर्ष अं.६०/६५ को महोन तामाङ, खैरहनी न.पा.१ बस्ने वर्ष अं.८२ को जित बहादुर तामाङ, रत्ननगर१४ बस्ने वर्ष अं.५०/५५ को कुसुम बहादुर राना, सोही ठाउँका वर्ष ३८ को सुरेश श्रेष्ठ, रत्ननगर ९ का वर्ष अं.३०/३५ को किशोर तामाङ र रत्ननगर १४ का वर्ष अं.५०/५५ को डोलबहादुर कार्की छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको डीएसपी पण्डितले जानकारी दिएका छन् ।

त्यसैगरी रत्ननगर १४ बस्ने वर्ष ४१ को पुर लामा, सोही ठाउँका मध्यम ५५ वर्षका बुद्रिराम तामाङ, रत्ननगर १६ का वर्ष ४४ को रेशम पोख्रेल, काठमाण्डौ गोकर्ण ४ बस्ने वर्ष ४८ की तारा श्रेष्ठ र रत्ननगर १६ घर भएका वर्ष ४७ को दिल बहादुर घिसिङको मध्यम अवस्थाका घाइते छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा रहेका छन् ।

यसैगरि ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार , सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिबेश शाक्य छन् ।

त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै