2026-09-24 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारको अवैध विज्ञापन गर्ने दुई म्यानपावर र दुई कन्सल्टेन्सी कारवाहीमा

साउन ३१, काठमाडौँ । वैदेशिक रोजगार बिभागले बिभिन्न दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई कारवाही गरेको छ । बिभागले वैदेशिक रोजगार ऐनको नीति विपरित अवैधानिक बिज्ञापन गरेको कारण कारवाही गरेको हो । 

बिभागले स्वीकृति बिनै सामाजिक संजालको प्रयोग गरि नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै बिज्ञापन गरेको तथा राहदानी संकलन गरेको आरोपमा काठमाडौको बसुन्धरा स्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई कारवाही गरेको हो । यी दुवै म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ५२ अनुसार कारवाहि गर्दै जनही २/२ लाख जरिवाना गराइएको छ । 

त्यस्तै बिभागले वैदेशिक रोजगार ऐनको दफा ४३ बिपरित वैदेशिक रोजगार सँग सम्बन्धित बिज्ञापन सामाजिक संजाल फेसबुक र ट्विटरमा हालेर सर्वसाधारणलाई भ्रम सृजना गरेको आरोपमा ललितपुर स्थित सुयान एजुकेसन प्रालि र ललितपुरमै रहेको एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

बिभागले यसै सम्बन्धमा सूचना जारी गर्दै आम सर्वसाधारण युवाहरुलाई सामाजिक संजालमा आउने भ्रमपूर्ण बिज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै बिभागले वैदेशिक रोजगार बिभागको स्वीकृति नलिई कुनै पनि 

वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापन प्रकाशन/प्रशारण नगर्न ध्यानाकर्षण गराएको छ । 

पछिल्लो समय वैदेशिक रोजगारको आकर्षक प्रलोभन देखाई वैदेशिक रोजगारमा ठगि गर्ने गिरोहको सक्रियता बढिरहेको गुनाशो बढेपछि बिभागले सक्रिय रुपमा वैदेशिक रोजगार अन्तर्गत हुने अवैध बिज्ञापन नियन्त्रणको लागि काम गरिरहेको बिभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ