२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

३१ श्रावण २०८०, बुधबार ११:३४

साउन ३१, काठमाडौं | आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ । यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल किनारा र डिस्प्ले नचका कारण आइफोन एसई ४ को डिजाइन आइफोन १४ जस्तै रहनेछ ।

साथै यसमा पूरानो फिजिकल पावर बटनको साटो फेस आइडी राखिने सम्भावना छ । स्मरण रहोस् हालको आइफोन एस ई थ्री मा फिजिकल पावर बटन छ । यो फिजिकल बटन भएको एप्पलको एकमात्रै आइफोन हो ।

एप्पलले आइफोन १५ सिरिजमा राख्न लागेको टाइप सी पोर्ट आइफोन एसई ४ मा पनि हुनेछ जसले यस मोडेलमा रहेको पूरानो लाइटनिङ पोर्टलाई विस्थापित गर्नेछ ।

फोनको पछाडिको भागमा एउटा मुख्य क्यामरा हुनेछ । आइफोन एसई ४ मा आइफोन १५ सिरिजमा हुने भनिएको एक्सन बटन पनि रहने बताइएको छ । यसले प्रयोगकर्तालाई डिस्प्लेमा शर्टकटहरु थप्न र प्रयोगकर्तालाई सबैभन्दा धेरै प्रयोग हुने एप तथा क्यामरा खोल्न सजिलो पार्नेछ ।

आइफोन एसई ४ मा ए१५ वा ए१६बायोनिक चिप हुने र फाइभ जी सपोर्ट गर्ने बताइएको छ । यसको आधारभूत मोडेलमा १२८ गिगाबाइट स्टोरेज क्षमता हुनेछ ।

यो आइफोन आगामी स्न् २०२४ को पूर्वार्धसम्ममा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यसको मूल्य ठ्याक्कै कति पर्नेछ भन्ने एकिन नभएपनि विगतका सिरिजको मूल्यका आधारमा आइफोन एसई सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुने चाहीँ पक्का छ ।

स्मरण रहोस् एप्पलले आगामी सेप्टेम्बर १२ मा हुने समारोहमा आफ्नो आइफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यसक्रममा एप्पलले एप्पल वाचको नबौँ संस्करण पनि लञ्च गर्नेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै