2026-11-04 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

चिकित्सकको लापर्बाहीका कारण एड्स सङ्क्रमित भएँ

कविता उपाध्याय, असोज १६, रोल्पा । जथाभावी यौन सम्पर्क राख्दा एचआइभी सर्छ भन्ने सुनेको भए पनि आफू भने चिकित्सकको लापर्बाहीबाट कारण एचआइभी सङ्क्रमित भएको रोल्पा प्लसका अध्यक्ष राधा विकको आरोप छ । 

आजभन्दा करिब २९ वर्ष पहिले खुंग्री–५ रोल्पाका दामे विकसँग मागी विवाह गरेकी विकले श्रीमान्बाहेक अन्य कसैसँग शारीरिक सम्पर्कमा नरहेको उहाँको भनाइ छ । 

आफू पतिव्रता हुँदाहुँदै पनि एचआइभी सङ्क्रमित भएर जीवन बिताउनुपर्दा चिन्तित हुनुभएकी उहाँले प्रश्न गर्नुभयो – “श्रीमान् एचआइभी एड्स सङ्क्रमित हुनुभएको छैन, म पनि कुनै परपुरुषको सम्पर्कमा गएकी छैन भने कसरी सङ्क्रमित भएँ तपार्इं आफैँ भन्नुस् न ।” 

उहाँका अनुसार १५ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी विक दोस्रोपटक सुत्केरी हुँदा २०५७ सालमा धेरै बिरामी पर्नुभएको थियो । 

चिकित्सकका अनुसार यसरी बिरामी परेकी विकको शरीरमा रगतको मात्रा एकदमै न्यून रहेकाले थप रगत दिनुपर्ने भयो । उहाँले आफ्नै श्रीमान् दामे विकबाट केही रगत लिए पनि अपुग भएपछि अन्य व्यक्तिको रगत पनि प्रयोग भएको थियो । त्यसैबेलामा आफूलाई एचआइभी एड्स सरेको हुन सक्ने उहाँको भनाइ छ । 

सुत्केरी भएका बेला करिब एक महिना निरन्तर रगत बगेपछि उपचारको क्रममा उहाँलाई नेपालगन्जको भेरी अञ्चल अस्पताल र काठमाडौँको टिचिङ अस्पताल उपचारार्थ लगिएको थियो ती मध्ये एक अस्पतालको लापरर्बाहीले सो रोग सरको हो उहाँलाई पत्तो छैन । 

आजभन्दा करिब १५/१६ वर्ष पहिले बिरामी हुँदा यसरी थप रगत लिएकी विक केही समयपछि निको भएकाले अस्पतालबाट निकै खुसी भएर घर फर्कनुभयो तर त्यसको करिब डेढ वर्षपछि लगातार पखाला लाग्ने, टाउको दुःख्ने र तारन्तार ज्वरो आउने बेथाले उहाँलाई छोडेन । नजिकैको औषधि पसलबाट औषधि किनेर खाएको १०÷१५ दिन ठीक भए पनि बेथा बल्झिरह्यो । 

यसरी दुई तीन वर्ष सामान्य उपचारमा दिन बिताएपछि राम्रो उपचारको खोजीमा विक घरपरिवार र जानेबुझेका मान्छेको सल्लाहमा काठमाडौँको टेकु अस्पतालमा थप उपचारका लागि जानुभएको थियो । 

त्यहाँ विकको दिसा, पिसाबका साथै रगत जाँच पछि आएको रिपोर्टमा एचआइभी सङ्क्रमण देखिएको कुरा चिकित्सकले सुनाएपनि यसबारे राम्रो ज्ञान नभएकी विकलाई यसबाट खासै प्रभाव पारेन । तर यस्को सङ्क्रमणका बारेमा चिकित्सकले केही जानकारी गराएपछि भने उहाँको होसहवास उडेको थियो। अब श्रीमान्लाई यसबारे कसरी भन्ने भन्दै उहाँ निकै चिन्तित बन्नुभयो । 

त्यतिबेला उहाँका श्रीमान् दामे विक रोजगारीका लागि पुनः दिल्ली पुग्नुभएको थियो । 

विसं २०५८ को दसैँमा घर आएका बेला श्रीमान् दामेसँग आफूले सबै कुरा गरेपनि उहाँले पनि एचआइभीलाई सामान्य रुपमा लिनुभयो । एक दुई हप्ता सामान्य उपचार गरे ठीक भइहाल्छ भन्ने उहाँको बुझाइ बनेको थियो । किनकि यस विषयमा उहाँँले पनि केही बुझ्नु भएको रहेनछ । 

दोस्रो पटक आफूलाई जचाउन लैजादा यरबारे राम्रोसंग बुझेपछि मात्र दोधारमा पर्नुभएका श्रीमान् दामे विकले भन्नुभयो – “तीन तीनवटा बच्चा जन्मिसकेपछि श्रीमती छोड्न पनि मिलेन सँगै बस्न पनि गाह्रो हुनेभयो भनी निकै चिन्तित बनेको थिएँ । तर मलाई उनको चरित्रमाथि कहिल्यै शङ्का लागेन । म आफूभन्दा बढी उनलाई विश्वास गर्छु। ” 

यसै विषयमा “दाङ प्लस” को तालिममा दुवैजना सहभागी भएका थियौँ । त्यो तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको थियो । हिजोेआजजस्तो त्यतिबेला एचआइभी एड्स सङ्क्रमणका बारेमा गाउँ सहरमा खासै चर्चा हुँदैनथ्यो तर समाजमा धेरै एचआइभी एड्स सङ्क्रमित रहेछन् भन्ने कुरा थाहा भयो र आफ्नो मन बुझाउन थालेँ – श्रीमान् विकले भन्नुभयो । 

केहीदिनपछि सबैको सल्लाहमा काठमाडौँको टेकुमा पुगी श्रीमान् विकको पनि रगत जाँच भयो तर उहाँमा सङ्क्रमण देखिएन । 

मान्छे जीवनसँग हारेर मर्छन् । तर मलाई मर्ने रहर कहिल्यै लागेन श्रीमती विकले भन्नुभयो – “सङ्क्रमित हुनुमा मेरो के दोष रुउहाँको प्रश्न छ ।” 

एचआइभी एड्स सङ्क्रमित भएको केही वर्षपछि विकलाई सङ्क्रमितको अधिवेशनमा काठमाडौँमा जाने मौका मिल्यो । हरेक जिल्लाबाट कम्तीमा दुई दुईजना बोलाइएको सो कार्यक्रममा ३०० जना जतिको सहभागितो थियो । त्यस कार्यक्रमबाट जीवनमा केही गर्ने ऊर्जा बोकेर विक रोल्पा फर्कनुभयो र उहाँलाई जिल्लामै अन्य एड्स सङ्क्रमितका हक अधिकारका लागि केही गर्ने मौका मिल्यो । 

त्यसपछि जिल्ला फर्किएर विकलगायत अन्य नौजना सङ्क्रमित मिलेर २०६४ सालमा आफ्नै अध्यक्षतामा “रोल्पा प्लस” स्थापना गर्नुभयो । संस्था सञ्चालनपछि जिल्लाका सङ्क्रमितलाई खोजी गर्ने, उनीहरुलाई अस्पताल वा उपचारको पहँचसम्म पु¥याउने, परामर्श दिने र सङ्क्रमितका परिवारजनसँग भेटघाट गराउने काम थाल्नुभयो । 

कतिपय गाविसमा सङ्क्रमितलाई नछुने, दुव्र्यवहार गर्ने, परिवारले पनि भेदभाव गर्ने भएका कारण सङ्क्रमित पशुवत तरिकाले जीवन जीउन बाध्य भएका थिए भने कसैकसैलाई गाउँबाटै निकाला गरिएको घटना पनि विकले सुनाउनुभयो ।

चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा, एउटै लुगाफाटो लगाउँदा, एउटै ओछ्यानमा सुत्दा एचआइभी एड्स सर्दैन भन्नेबारेमा हामीले सबैलाई गाउँमा पुगी जानकारी गराएपछि जिल्लामा एचआइभी सङ्क्रमितहरु खुलेर आउन थाले र स्वेच्छिक परामर्श लिनेको सङ्ख्या पनि बढ्यो । 

विकका अनुसार २०६५ सालमा एनसार्क रोल्पाले जिल्लामै पहिलो पटक भिसिडी सञ्चालन सुरु ग¥यो भने २०६६ सालमा जिल्ला अस्पताल रेउघामा पनि भिसिडी सञ्चालन गरेपछि सङ्क्रमितलाई थप सुविधा हुन थालेको उहाँको भनाइ छ । 

हाल विक परिवार नातिनातिनी र तीन सन्तानसहित रोल्पाको सदरमुकाम लिबाङमा तरकारी र चियानास्ता पसल सञ्चालन गर्दै आएको छ । 

हामीले एड्स सङ्क्रमितका लागि जिल्लामा सके जति ग¥यौँ तर गत असारदेखि रोल्पा प्लसमा कार्यक्रम सकियो । अब फेरि कार्यक्रम थपिए सङ्क्रमितका लागि केही गर्ने सोच छ – विक दम्पतीले एकै आवाजमा भन्नुभयो । 

छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई भने झैँ हामी त सन्तानको खुसीमा रमाउनुपर्छ । श्रीमान्–श्रीमती मिलेर खुलेर काम गर्न सके जिन्दगी रमाइलो छ । त्यसैले सङ्क्रमितलाई हेलाँ होइन माया गर्नुपर्ने उहाँहरुको धारणा छ । 

मलाइ त सङ्क्रमित हुँ जस्तो लाग्दैन भर्खर त नातिनातिनी देखेकी छु पनाती पनातिनी हेरेर मर्ने मन श्रीमती विकले भन्नुभयो । 

हाल जिल्लामा एचआइभीसङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । तर राज्यले सङ्क्रमितका लागि गर्नुपर्ने जति नगरेको उहाँहरुको गुनासो छ । राज्यले हाम्रा लागि केही नगरेको भए पनि हामीले रोल्पाबाट धेरै नेता पठाएका छौँ उहाँहरुले त पक्कै केही गर्नुहुन्छ भन्ने आशा छ । नेताले हाम्रा लागि केही गरे सङ्क्रमितलाई जीवनमा थप केही गर्ने हौसला मिल्ने थियो – अध्यक्ष विकले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट