2026-07-24 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छात्रवृत्ति पाएका विद्यार्थीसँग कुनै प्रकारको शुल्क लिन नपाउने

साउन ३२,  काठमाडौँ | कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाबाट छात्रवृत्ति पाएका विद्यार्थीहरूले कुनै पनि शुल्क बुझाउनु नपर्ने भएको छ । काठमाडौँ महानगरले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थामा कुनै पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । 

छनौटमा परेका विद्यार्थीहरूसँग विभिन्न बहानामा शुल्क लिने गरेको पाइएको भन्दै महानगरले कुनै प्रकारको शुल्क नदिन भनेको हो । 

कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याब/पुस्तकालयबापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था रहेको महानगरले प्रष्ट पारेको छ ।  

कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा महानगरको निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ समर्पक गर्न अनुरोध गरेको छ । साथै सम्पर्क व्यक्तिहरू सस्मित पोखरेललाई ९८४००७१५५५ र नेत्रनारायण पौडेललाई ९८५११९९९४५ मा समर्पक गर्न अनुरोध गरेको छ । 

महानगरपालिकाले २०८० साउन २० गते छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो । त्यसको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूची सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ५ गतेभित्र भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक