2026-07-25 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिच्छीले टोकेपछि विष फैलिने डरले एक युवकले काटें आफ्नो लिंग

भदौ १, मकवानपुर | मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले आफ्नै लिंग नै काटेको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला लिंग काटेका थिए ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए ।

ती युवकले बिच्छीले टोकेपछि झोलामा भएको दाह्री काट्ने ब्लेड निकालेर लिंग काटेको उनले बताएका छन् । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ ।

चिकित्सकहरुका अनुसार उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको छ । उनको लिंगको आधा भाग काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक