असोज १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १०० सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएक"/>
असोज १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १०० सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।
दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमुख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
उनले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।