2026-10-24 11:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटना

भदौ ३, एजेन्सी | रुसको चन्द्रमिसन लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमामा उत्रिनुअघि नै लुना २५ दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चन्द्रमाको सतहसँग ठोक्किएर चन्द्रयान ध्वस्त भएको जनाइएको छ । सो यान २१ अगस्टमा चन्द्रमामा उत्रिने समय तय भएको थियो । यसअघि शनिबार सो यानमा प्राविधिक समस्या आएको बताइएको थियो । यो मानवरहित चन्द्रयानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्ड गर्नुपर्ने थियो । तर यो यान चन्द्रमाको कक्षमा प्रवेश गर्नासाथ समस्या आएको थियो ।  चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत र रुसबीच प्रतिस्पर्धा चलेको थियो । भारतको चन्द्रयान–३ आउँदो बुधवार अवतरण गर्ने प्रयासमा छ ।

चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले यसअघि नै अवतरण गरिसकेका छन् । लुना–२५ अन्तरिक्षयान रुसले झन्डै ५० वर्षमा प्रक्षेपण गरेको चन्द्रयान हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने