३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डिगो विमानभित्र एक यात्रुले रगत बान्ता गर्दा उडानकै क्रममा मृत्यु

५ भाद्र २०८०, मंगलवार १०:३७

भदौ ५, एजेन्सी | मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रुले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन । 

नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित एक पुरुष यात्रुले यात्राको क्रममा रगत बान्ता गर्न थालेको जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा ६२ वर्षीय ती यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।

राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थालेपछि पाइलटले विमान नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे ।

इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरि बिरामी यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर दुर्भाग्यवश ती यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट