२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डिगो विमानभित्र एक यात्रुले रगत बान्ता गर्दा उडानकै क्रममा मृत्यु

२०८०, ५ भाद्र मंगलवार १०:३७

भदौ ५, एजेन्सी | मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रुले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन । 

नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित एक पुरुष यात्रुले यात्राको क्रममा रगत बान्ता गर्न थालेको जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा ६२ वर्षीय ती यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।

राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थालेपछि पाइलटले विमान नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे ।

इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरि बिरामी यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर दुर्भाग्यवश ती यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण