२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बस पार्क नजिकै बाट डडेल्धुरा प्रहरीद्वारा जुवाडे पक्राउ

१६ आश्विन २०७३, आईतवार १२:२८

ललित बोहरा, असोज १६ डडेल्धुरा –  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आईतवार जिल्ला सदरमुकामबट  पाँच जना जुवाडे  लाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम बागवजार बसपार्कको  पिपल चौतारा नजिक रहेको एक होटल बाट जुवा खेलीरहेको अवस्थामा  पाँच जानलाई जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  आइतबार दिउसो पिपल चौतारा नजिक रहेको छाप्रा बाट जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जुवाडेहरुलाई पक्राउ गरेको जनाएको          छ ।

यो भन्दा अगाडी पनि जिल्ला सदरमुकाम क्षेत्र बाटै दुई पटक जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको थियो  । तर पक्राउ गरेपनि राजनितिक दलको दवावकाकारण जुवाडेहरुलाई कानुन अनुसार कारवाही गर्नका लागि समस्या भएको प्रहरी स्रोतले बताएको छ । जुवाडेलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा नपुगाउँँदै जिल्ला स्थित केही स्थानिय राजनितिक कार्यकर्ताको फोन आउने गर्दा छोड्नु पर्ने वाध्यता रहेको प्रहरी स्रोतले वताएको छ । दुई पटक पक्राउ गरेका जुवाडेहरुलाई चौविस घट्टा नवित्दै प्रहरीले छोडेको  थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो