२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव, कुनकुन काममा जान पाइने?

७ भाद्र २०८०, बिहीबार ०६:२६

भदौ ७, काठमाडौँ | लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।  लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।


भेटको क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । मन्त्रालयका सह–सचिव राजीव पोखरेलले श्रम समझदारी गरेर श्रमिकहरू पठाउने प्रस्ताव गरेको बताए । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए । 

‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो । श्रम समझदारी गरौँ । श्रमिकहरू पठाऊ भन्ने थियो । हाम्रोमा राम्रो सेवा सुविधा छ । अवसरहरू पनि धेरै छन् भन्नुभएको थियो ।’ पोखरेलले भने । 

श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो । 

त्यस्तै निर्माण क्षेत्रका लागि समेत कामदार लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएका छ । त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । ठुल्ठुला होटेल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली कामदार लैजाने प्रस्ताव गरेको पोखरेलले बताए । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान