२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कीर्तिपुरको बस्तीमा पसेको चितुवा नियन्त्रणको प्रयास असफल

२०८०, ७ भाद्र बिहीबार ०६:४०

भदौ ७, काठमाडौँ | कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भागेपछि वनको टोली पनि त्यहाँबाट फर्किएको छ ।


गएराति करिब एक बजेतिर कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेको थियो । त्यहाँभित्र सुतिरहेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । प्रतिरक्षा गर्दा चितुवाको च्यापुनेरको भागमा पनि चोट लागेको छ ।

स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए भने उक्त चितुवालाई खोरभित्रै थुनेर राखेका थिए । चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो । प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई लागेन । पाँचौपटक प्रहार गर्ने तयारी भइरहेको बेला चितुवा आफैं खोरको माथिल्लो भागबाट निस्किएर भागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते