2026-09-24 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गिरावट, युरोप जाने नेपालीको सङ्ख्या बढ्दै…

भदौ ८, काठमाडौँ |  नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ ।

यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार साउन महिनामा सामान्यतया विदेश जाने संख्या कम नै हुने गर्छ ।

त्यसमा पनि ५५ हजार नाघ्नु ठूलो संख्या नै मानिने उनी बताउँछन् । ‘यसलाई कम भएको मान्न सकिन्न, किनकी यही औसतमा नेपाली विदेश जाँदा पनि वार्षिक ७ लाख संख्या नाघ्छ ।’

आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ ।

जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो ।

साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।

युरोपमा बढ्दै नेपाली कामदार

साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् ।

पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ ।

प्रमुख गन्तव्य यूएई

साउनमा नेपाली धेरै संख्यामा पुगेको मुलुक यूएई हो । गत वर्षभरमा मलेसियामा धेरै नेपाली गएका थिए । साउनमा भने यूएईमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ ।

कतारमा साउनमा १० हजार ५६१ जना विदेशिएका छन् । साउदी अरेबियमा १० हजार ३० जना गएका छन् । मलेसियामा भने ९ हजार २६८ जना गएको तथ्याङ्‍क छ ।

कुवेतमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् ।

२०७९ साल साउनमा मलेसियामा मात्र २४ हजार ४८४ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा कतार थियो । जसमा १२ हजार ५६८ जना पुगेका थिए । यो वर्ष भने मलेसिया जाने कामदारको संख्या केही खस्किएको छ ।

काम सिकेर जाने श्रमिकको संख्या बढ्दै

केही वर्ष अगाडिसम्म अदक्ष कामदारको बाहुल्य रहेकोमा अब भने केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या उल्लेख्य देखिन थालेको छ ।

साउनमा श्रम स्वीकृति लिएकामध्ये केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या ३८ हजार ७४५ जना रहेको छ । अदक्ष कामदारको संख्या १२ हजार २४८ जना रहअ‍ेको छ । ‘सेमी स्कील्ड’, ‘प्रोफेसनल’ र ‘हाइ स्कील्ड’ कामदारको संख्या क्रमशः ४ हजार ४६४, ८१ र ३७ जना रहेका छन् ।

साउनमा धेरै नेपाली कामदार गएका प्रमुख ५ मुलुक

  • यूएई : ११,८७८
  • कतार स: १०,५६१
  • साउदी अरव स: १०,०३०
  • मलेसिया : ९,२६८
  • कुवेत : ३७१७

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी