2026-07-25 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्रीसमा नेपालीलाई अपहरण गरेर २१ लाखभन्दा बढी फिरौती लिने चारजना पक्राउ

भदौ ८, काठमाडौँ | ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभिन्न मितिमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरुबाट फिरौती रकमसमेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितसमेतलाई सकुशल उद्दार गर्न सफल भएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद गरेर अनुसन्धान भइरहेको छ ।

सीआईबीका अनुसार धनुकुटाका ३२ वर्षका शिवराज कुँवर भदौ दुई गते गौरिघाटबाट, काठमाडौं तारकेश्वरका ५६ वर्षीय रामेश्वर अर्याल भदौ तीन गते तारकेश्वरबाट, कपिलवस्तु शिवराज नगरपालिकाका ३२ वर्षका प्रकाश बेलबासे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट र पर्वतको फलेबाट नगरपालिकाकाका ४२ वर्षीय दिलबहादुर थापा पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाटै पक्राउ परेका हुन् ।

गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका दुईका २५ वर्षीय सावित्रा थापा, उदयुपरको त्रियुगा नगरपालिका तीनका कृष्ण कार्की र काभ्रेपलोञ्चोकको नमोबुद्ध नगरपालिका एकका ३० वर्षका राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारीको सिलसिलामा सर्विया पुगेका थिए ।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले अपहरण गरी उनीहरुलाई डोरीले बाधेर शारिरीक तथा मानसिक यातना र डर त्रास देखाउँदै ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारसँग १० हजार युरो फिरौती माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक