२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसिया कपमा पाकिस्तानले पायो विश्व क्रिकेटमा पहिलो वरीयता

१० भाद्र २०८०, आईतवार ०९:५९

भदौ १०, काठमाडौँ | तीन दिनपछि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान पहिलो वरीयताप्राप्त राष्ट्रको रूपमा सहभागी हुने भएको छ । अफगानिस्तानविरुद्दको शृङ्खला ३—० ले जितेपछि पाकिस्तान एक दिवसीय क्रिकेटमा पहिलो वरीयता प्राप्त राष्ट्र बनेको हो । 

एसिया कप क्रिकेटको १६ औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल आगामी बुधवार पाकिस्तान र नेपालबीच मुल्तानमा खेलिने छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । 


अफगानिस्तानविरुद्दको एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा पाकिस्तान ५९ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ४८.४ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रनमात्र बनाउन सक्यो । 

अन्तिम खेलमा नसिम शाह र ह्यारिस रउफ पाकिस्तानी टोलीमा सहभागी थिएनन् । पाकिस्तानका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६० र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ६७ रन बनाएका थिए । 

बलिङतर्फ पाकिस्तानका सदाब खानले तीन विकेट लिए । साहिन शाह अफ्रिदी, फाहिम असरफ र मोहम्मद नवाजले दुई—दुई विकेट लिएका थिए । एक दिवसीय वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा भारत रहेका छन् । एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ ।

एसिया कप खेल्ने अन्य राष्ट्रहरूमा बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र नेपाल १५ औँ वरीयतामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै