2026-06-23 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अरूणाचल र अक्साई चीन समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

भदौ १२, काठमाडौँ | चीनले सन् २०२३ का लागि आफ्नो देशको आधिकारिक नक्सा सार्वजनिक गरेको छ। उसले उक्त नक्सालाई 'स्टान्डर्ड म्याप' भनेको छ ।

नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।

चाइना डेलीका अनुसार  सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको हो।

ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो।

अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ । उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना