२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्रष्टाचार आरोपमा भीमदत्तका पूर्वमेयरसहित १० जनाविरूद्ध मुद्दा

२०८०, १२ भाद्र मंगलवार ११:२३

भदौ १२, कञ्चनपुर | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १० जनालाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको छ।

पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना र भवानी कन्स्ट्रक्शन प्रालिविरूद्ध राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

आर्थिक वर्ष २०७६/०७७ मा महाकालीको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त हुनुपर्ने आयमा नियमविपरीत छुट दिएको उनीहरूमाथि आरोप छ।

विष्टको अध्यक्षतामा बसेको तत्कालीन नगर सभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सिफारिसको आधारमा मु.अ. करसमेत १ करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँ बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पाइएको अख्तियारको भनाइ छ।

विष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसूरमा विगो रु.१,३४,९७,४५३।८७ (एक करोड चौतीस लाख सन्तानव्वे हजार चार सय त्रिपन्न रुपैयाँ, पैसा सतासी) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदावी लिइएको अख्तयारका प्रवक्ता भोला दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते