२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय चन्द्रयानले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी

२०८०, १३ भाद्र बुधबार ०५:४९

एजेन्सी | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।

गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।


चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

‘तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।’

टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ, इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ ।

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते