२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चोरीमा संलग्न गिरोह प्रहरी फन्दामा

१७ आश्विन २०७३, सोमबार ०५:००

रोशन पोखरेल । असोज १७,  मोरङ | विराटनगरमा लामो समयदेखि चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा परेको छ । 

प्रहरीले पेशेवर जना चोरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर ६ का पन्नालाल गुप्ताको घरमा चोरी गर्ने विराटनगर ७ का २४ वर्षीय लालु पासवान, विराटनगर– ८ का विजय शर्माको घरबाट सुनका गहना, मोवाइल र नगद चोरी गर्ने विराटनगर–७ का २२ वर्षीय सुनिलकुमार साह, विराटनगर– ७ मा चाँदीका गहना, नगद र मोटरसाइकल लुटपाट गर्ने विराटनगर–६ का १८ वर्षीय जीवछ यादव र विराटनगर–१५ का अशोक साहको घरबाट टिभी, डिभिडी, रेडियो, मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामान चोरी गर्ने मोरङको सुन्दरदुलारी–६ का १८ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो । 

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले पक्राउ परेका सबै जना विरुद्ध चोरी मुद्धा चलाउन म्याद थप गरिसकिएको बताउनु भयो । उनीहरु चारै जना यसअघि पनि चोरी आरोपमा पक्राउ परेर कारवाही भोगिसकेका व्यक्ति हुन् । उनीहरुका साथबाट प्रहरीले चोरी गरिएका सामान पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य