असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दै"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क मच्चायो, किसान च्निन्तित

२०७३, १७ आश्विन सोमबार ०५:२६

असोज १७, भीमदत्तनगर  । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । 

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पुर्याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । 

“चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो ।” जिल्ला वन अधिकृत शिव शर्माले भन्नुभयो– “हात्ती धपाउन विभिन्न उपाय अपनाइए पनि कुनै सीप चलेको छैन ।” 

उहाँले दिनहुँ हात्ती पीडित किसान क्षतिपूर्तिका लागि वन कार्यालयमा धाइरहेको बताउनुभयो । जिल्ला वन कार्यालयले गत वर्ष १०९ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति स्वरुप रु सात लाख दिइ सकेको छ । 

यस वर्ष पनि ६८ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ । दक्षिण क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कबाट करिब ४०÷४५ को बथानमा आउने हात्तीले रातभरि खेतीमा क्षति पुर्याइरहेको किसानको भनाइ छ । 

हात्ती धपाउन वन कर्मचारी र स्थानीय आगो बाल्ने, पटका पट्काउने, हो हल्ला गर्ने कार्यमा जुटिरहेका छन् । “शङ्करपुर कुण्डा क्षेत्रमा हामीले साइरन समेत जडान गरेका छौँ ।” वन अधिकृत शर्माले भन्नुभयो– “सबैतिर हात्ती पस्दा धपाउन गाह्रो छ ।” 

आरक्षले पनि हात्ती धपाउन आरक्ष सुरक्षार्थ खटिएको भवानीबक्स गण, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र स्थानीयवासी जुटिरहेको जनाएको छ । स्थानीयवासी बजार क्षेत्रमै हात्ती आउन थालेपछि त्रसित बनेका छन् । 

शुक्लाफाँटाबाट दैनिक २५/३० को सङ्ख्यामा हात्ती नगरपालिकाका विभिन्न क्षेत्रमा सामूहिक प्रवेश गरेर धानबालीमा नोक्सान पुर्याइरहेका छन् । जिल्लाभरिमा यस वर्ष करिब १०० भन्दा बढी बिगाहामा लगाएको धानबाली हात्तीले नोक्सान पुर्याइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी