२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के हो ‘मास्टर डेटिङ’ ? किन भइरहेको छ चर्चित ?

२०८०, १३ भाद्र बुधबार १०:००

एजेन्सी | पार्टनरसँग डेटमा त सबै जना जान्छन् तर एक्लो व्यक्ति पनि डेटिङमा जान्छन् त ? यसको जवाफ हो ‘जान्छन्’ । एक्लै डेटमा जाने चलन अहिले बढ्दो छ । यसलाई मास्टर डेटिङ भनिन्छ । मास्टर डेटिङ वा सोलो डेटिङ गरिरहेका धेरै मानिस यसको आनन्द उठाइरहेका छन् । साथै आफ्नो अनुभव एक–अर्कासँग साटिरहेका छन् । 


सामाजिक सञ्जालमा मास्टर डेटिङको तस्बिर सेयर गर्दै मानिसहरू एक अर्कालाई सोलो डेटिङको मजा कसरी लिइरहेका छन् भनेर जानकारी लिइरहेका छन् । यदि तपाईं पनि मास्टर डेटिङ वा सोलो डेटिङ बारे जान्न चाहनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । 

मास्टर डेटिङ भनेको के हो ?

रिलेसनसिप एक्सपर्टका अनुसार एक्लै आफूसँग समय बिताएर आफूलाई जान्न र बुझ्न कोसिस गर्नुलाई मास्टर डेटिङ भनिन्छ । यो सोलो डेटिङमा मानिसहरू एक्लै घुम्न जान्छन्, आफूलाई ट्रिट दिन्छन्, उपहार दिन्छन् । साथै, आफूभित्र लुकेको प्रतिभालाई उजागर गर्छन् वा त्यसलाई निखार्नेबारे सोच्छन् । मास्टर डेटिङको यो चलन बेलायत र अमेरिकासहित अन्य थुप्रै देशमा बढ्दै गएको छ ।

मी–टाइममा रमाउने माध्यम हो 

डेटिङ विशेषज्ञ मेलिसा स्टोन पछिल्लो समय मौलाउँदै गएको यो चलनलाई समर्थन गर्छिन् । उनले ग्ल्यामर युकेसँग यसबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मास्टर डेटिङको चलनले मी–टाइममा रमाउन र आफ्नो रुचि थाहा पाउन मौका मिल्छ । जसका कारण  मानिसहरूले आफ्नो रुचि के मा छ, त्यो थाहा पाउँछन् र यसलाई बढाउन खोज्छन् ।’

उनले मानिसहरूलाई आफूलाई डेटमा लैजान र आफूलाई मन परेको क्रियाकलापमा आफूलाई संलग्न गराउन प्रोत्साहित गरिन् । उनका अनुसार मास्टर डेटिङ त्यो चिज हो जसको प्रयोग आफैँसँग गुणस्तर समय बिताउन, आफ्नो हेरचाह गर्न र आफ्नै साथमा रमाउनका लागि गर्ने गरिन्छ । 

केही नसोची मास्टर डेटिङमा रमाउनुहोस्

प्रसिद्ध डेटिङ कोच एमी नोबिलले ‘द न्युयोर्क पोस्ट’ सँगको कुराकानीमा मास्टर डेटिङबारे कुरा गर्दै भनिन्, ‘मास्टर डेटिङ भनेको आफ्नो चाहना, आवश्यकता र यस समयमा आफूलाई खुसी पार्ने चीज बारे सोच्नु र बुझ्नु हो । यो तपाईंको आफ्नै जुनूनलाई बाहिर निकाल्ने माध्यम पनि हो ।’

 एमी नोबिलले मास्टर डेटिङको ट्रेन्डलाई अनुसरण गर्दा तपाईंले धेरै सोच विचार गर्नुपर्ने, चिन्तित हुनुपर्ने वा सतर्क हुनुपर्ने आवश्यकता नभएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘केही नसोचीकन सोलो डेटिङमा रमाउन सक्नुहुन्छ । तपाईंले आफूलाई प्रेम गर्नुभयो भने मात्रै अरू मानिस तपाईंप्रति आकर्षित हुनुहुनेछ । ’

स्मरण रहोस्, मास्टर डेटिङ विश्वका थुप्रै देशमा टिकटकमा भाइरल भएको छ र मानिसहरूले सोलो डेटिङमा गएको आ–आफ्नो भिडियो पनि सेयर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा