2026-10-24 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के हो ‘मास्टर डेटिङ’ ? किन भइरहेको छ चर्चित ?

एजेन्सी | पार्टनरसँग डेटमा त सबै जना जान्छन् तर एक्लो व्यक्ति पनि डेटिङमा जान्छन् त ? यसको जवाफ हो ‘जान्छन्’ । एक्लै डेटमा जाने चलन अहिले बढ्दो छ । यसलाई मास्टर डेटिङ भनिन्छ । मास्टर डेटिङ वा सोलो डेटिङ गरिरहेका धेरै मानिस यसको आनन्द उठाइरहेका छन् । साथै आफ्नो अनुभव एक–अर्कासँग साटिरहेका छन् । 

सामाजिक सञ्जालमा मास्टर डेटिङको तस्बिर सेयर गर्दै मानिसहरू एक अर्कालाई सोलो डेटिङको मजा कसरी लिइरहेका छन् भनेर जानकारी लिइरहेका छन् । यदि तपाईं पनि मास्टर डेटिङ वा सोलो डेटिङ बारे जान्न चाहनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । 

मास्टर डेटिङ भनेको के हो ?

रिलेसनसिप एक्सपर्टका अनुसार एक्लै आफूसँग समय बिताएर आफूलाई जान्न र बुझ्न कोसिस गर्नुलाई मास्टर डेटिङ भनिन्छ । यो सोलो डेटिङमा मानिसहरू एक्लै घुम्न जान्छन्, आफूलाई ट्रिट दिन्छन्, उपहार दिन्छन् । साथै, आफूभित्र लुकेको प्रतिभालाई उजागर गर्छन् वा त्यसलाई निखार्नेबारे सोच्छन् । मास्टर डेटिङको यो चलन बेलायत र अमेरिकासहित अन्य थुप्रै देशमा बढ्दै गएको छ ।

मी–टाइममा रमाउने माध्यम हो 

डेटिङ विशेषज्ञ मेलिसा स्टोन पछिल्लो समय मौलाउँदै गएको यो चलनलाई समर्थन गर्छिन् । उनले ग्ल्यामर युकेसँग यसबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मास्टर डेटिङको चलनले मी–टाइममा रमाउन र आफ्नो रुचि थाहा पाउन मौका मिल्छ । जसका कारण  मानिसहरूले आफ्नो रुचि के मा छ, त्यो थाहा पाउँछन् र यसलाई बढाउन खोज्छन् ।’

उनले मानिसहरूलाई आफूलाई डेटमा लैजान र आफूलाई मन परेको क्रियाकलापमा आफूलाई संलग्न गराउन प्रोत्साहित गरिन् । उनका अनुसार मास्टर डेटिङ त्यो चिज हो जसको प्रयोग आफैँसँग गुणस्तर समय बिताउन, आफ्नो हेरचाह गर्न र आफ्नै साथमा रमाउनका लागि गर्ने गरिन्छ । 

केही नसोची मास्टर डेटिङमा रमाउनुहोस्

प्रसिद्ध डेटिङ कोच एमी नोबिलले ‘द न्युयोर्क पोस्ट’ सँगको कुराकानीमा मास्टर डेटिङबारे कुरा गर्दै भनिन्, ‘मास्टर डेटिङ भनेको आफ्नो चाहना, आवश्यकता र यस समयमा आफूलाई खुसी पार्ने चीज बारे सोच्नु र बुझ्नु हो । यो तपाईंको आफ्नै जुनूनलाई बाहिर निकाल्ने माध्यम पनि हो ।’

 एमी नोबिलले मास्टर डेटिङको ट्रेन्डलाई अनुसरण गर्दा तपाईंले धेरै सोच विचार गर्नुपर्ने, चिन्तित हुनुपर्ने वा सतर्क हुनुपर्ने आवश्यकता नभएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘केही नसोचीकन सोलो डेटिङमा रमाउन सक्नुहुन्छ । तपाईंले आफूलाई प्रेम गर्नुभयो भने मात्रै अरू मानिस तपाईंप्रति आकर्षित हुनुहुनेछ । ’

स्मरण रहोस्, मास्टर डेटिङ विश्वका थुप्रै देशमा टिकटकमा भाइरल भएको छ र मानिसहरूले सोलो डेटिङमा गएको आ–आफ्नो भिडियो पनि सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने