३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिहेका लागि प्रोत्साहन गर्न २५ वर्षभन्दा कम उमेरमा बिहे गर्नेहरुलाई पुरस्कार दिँदै चीन

१४ भाद्र २०८०, बिहीबार ०८:२८

एजेन्सी | विश्वका कतिपय देशहरु उच्च जनसंख्याका वृद्धिदरले समस्या झेलिरहेको बेलामा कतिपय देशहरु भने घट्दो जनसंख्याका कारण तनावमा छन् ।

घटिरहेको जनसंख्याका कारण त्रसित देशहरुले भविष्यमा आउने सम्भावित खतराको सामना गर्नका लागि अहिले नै विभिन्न उपायहरु अपनाउन सुरु गरेका छन् ।

चीन पनि पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरबाट गुज्रिरहेको छ । विगतमा जनसंख्या नियन्त्रणका लागि एक सन्तान नीति अबलम्बन गरेको चीनले अहिले त्यो नीति त्यागिसकेको मात्र छैन युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ ।


यसका लागि चीनले पछिल्लोपटक एउटा गज्जबको नियम ल्याएको छ । चीनको चाङसान काउन्टीले युवायुवतीहरुलाई समयमै बिहे गर्नका लागि प्रोत्साहित गर्न पुरस्कारको घोषणा गरेको छ । जस अनुसार बिहे गर्ने दम्पतीलाई पुरस्कारबापत १ हजार युआन नगद प्रदान गरिनेछ । तर यसका लागि बेहुलीले एउटा शर्त पूरा गर्नुपर्नेछ ।

सो शर्त अनुसार बिहे गर्ने बेलामा बेहुलीको उमेर २५ वर्षभन्दा कम हुनुपर्नेछ । साथै यो पुरस्कार पहिलो बिहे गर्नेलाई मात्र प्रदान गरिनेछ ।

युवायुवतीहरुले सही समयमा बिहे गरुन् र बच्चा जन्माउन् भन्नका लागि स्थानीय प्रशासनले यस्तो नियम बनाएको हो । सरकारको तर्फबाट दम्पतिहरुका लागि बच्चाको हेरचाह, प्रजनन तथा शिक्षाका लागि विभिन्न खालका सहुलियतहरु पनि दिइनेछ ।

स्मरण रहोस् चीनमा सन् २०२२ मा बिहे गर्ने दर घटेर ६८ लाख पुगेको छ जुन सन् १९८६ यताकै सबैभन्दा कम हो ।

चीनमा बिहे गर्ने युवायुवतीको संख्या घटिरहेको छ र सोही कारण जन्मदरमा पनि गिरावट आइरहेको छ । यसको एउटा कारण एकल आमाका लागि बच्चाको लालनपालन गर्नमा समस्या हुनु हो । साथै सरकारका नीतिहरुमा यसमा सहयोगी बन्न सकिरहेका छैनन् ।

विश्वमै कम प्रननदर रहेको मुलुकमध्येको एक चीनको प्रजननदर गतवर्ष १.०९ रहेको छ । करिअरमा असर पर्ने डरका साथै महंगीका कारण पनि चिनिया महिलाहरुले कम बच्चा जन्माइरहेका छन् वा बच्चा नै नजन्माउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट