२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पुमा खोलामा आएको बाढीले घर बगायो

१७ आश्विन २०७३, सोमबार ०६:१२

असोज १७, लमजुङ (बेसीसहर) । गएराति वर्षासँगै पुमा खोलामा आएको बाढीले एक घर बगाएको छ । पुमा खोलामा आएको बाढीले स्थानीय दलबहादुर तामाङको घर बगाएको हो । 

रातभरि वर्षा भएपछि खोलामा पानीको बहाव अत्याधिक बढेको थियो । खोलाले तामाङको घरसँगै पदम गुरुङको शौचालय र खेत पनि बगाएको छ । 

“राति सुतिरहेको बेला घर थर्कियो, के भयो भनेर उठ्दा घरभित्र पानी पसेर ढुङ्गा बज्रिएको रहेछ ।” दलबहादुरका छोरा सुरेन्द्र तामाङले भन्नुभयो “घरको सामान सार्ने अवस्था भएन, हामी घर छोडेर भाग्यौँ ।” 

दलबहादुरको घरमा किराना पसल पनि थियो । पसलको सामान पनि खोलाले बगाएको तामाङले बताउनुभयो । “दसँै व्यापारको लागि एक ट्रक सामान थियो, सबै खोलाले बगायो” तामाङले भन्नुभयो । 

खोलामा आएको बाढीले सडक पनि भत्किएको छ । सडक भत्किएपछि बेसीसहरबाट जिल्लाको उत्तरी भाग र मनाङतर्फ जाने सडक अवरुद्ध भएको छ । वर्षात्का कारण भौतिक क्षति गरे पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताउनुभयो । 

एक महिना अघि पनि पुमा खोलामा बाढी आउँदा दुई वटा भैँसी, खेत बगाएको थियो भने सडकमा व्यापक क्षति पु¥याएको थियो । बाढीका कारण बेसीसहरको मुख्य सडक मार्गबाट काठमाडौँ, पोखरालगायत बाहिर जाने सवारी पनि प्रभावित भएका थिए । बेसीसहर नजिकैका मजुवा खोला, गहिरी खोला, भकुण्डेको खहरे खोलामा अत्याधिक पानी भएपछि सवारी आवागमन हुने सकेको छैन् । 

बाढीले कहाँ के कति क्षति पु¥याएको छ भन्ने यकिन तथ्याङ्क आइनसकेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने