२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्चुगिज मिडफिल्डर म्याथ्युज म्यानचेस्टर सिटीमा आबद्ध

१५ भाद्र २०८०, शुक्रबार १०:२३

एजेन्सी | पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेस इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । म्यानचेस्टर सिटीले शुक्रबार २५ वर्षीय नुनेससँग सम्झौता गरेको हो । 


मिडफिल्डर नुनेस पाँच करोड ३० लाख ब्रिटिस पाउन्डमा क्लबमा आबद्ध भएको म्यानचेस्टर सिटीले जनाएको छ । उनले यसअघि एक सिजन उल्भ्सबाट व्यवसायीक फुटबल खेलेका थिए । नुनेसले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि ११ खेल खेलिसकेका छन् । 

नुनेसले म्यानचेस्टर सिटीसँग पाँच वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।‘म्यानचेस्टर सिटीबाट खेल्न पाउनु मेरा लागि निकै ठूलो उपलब्धि हो । म निकै उत्साही छु,’ नुनेसले भनेका छन् । 

विश्वकै उत्कृष्ट प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा खेल्न पाउनु अझ महत्त्वपूर्ण भएको उनले बताएका छन् । ‘पेप ग्वार्डिओलाजस्तो महान् प्रशिक्षक नेतृत्वमा खेल्न पाउनु मेरा लागि अझ ठूलो उपलब्धि हो,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै