३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा एक आदिवासी महिलालाई घरका मानिसहरुले नग्न घुमाए, घटनामा संलग्न ३ जना पक्राउ

१६ भाद्र २०८०, शनिबार ०६:४१

भदौ १६, एजेन्सी । भारतको राजस्थानस्थित प्रतापगढ जिल्लामा एक आदिवासी महिलालाई घर पट्टिका मानिसहरुले नग्न घुमाइएको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । 

प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसहरुले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको थियो । रिपोर्टका अनुसार गिरफ्तारीको क्रममा अभियुक्त घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । 

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाको संज्ञान लिएका थिए र कडा कारबाही गर्ने चेतावनी दिएका थिए । 

मुख्यमन्त्रीले अभियुक्तविरुद्ध फास्ट ट्र्याक अदालतमा मुद्दा चलाइने बताएका थिए । 

उनले एक ट्विटमा भने, ‘प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको छ । प्रहरी महानिर्देशकले एडीजी क्राइमलाई घटनास्थलमा पठाएको र यो घटनामा कडाभन्दा कडा कारवाहीको निर्देशन दिएका छन् ।’

मुख्यमन्त्रीले भने, ‘सभ्य समाजमा यस्तो खालको अपराधीलाई कुनै स्थान छैन । यी अपराधीलाई छिटोभन्दा छिटो जेलमा हालेर फास्ट ट्र्याक मुद्दा चलाएर सजाय दिइनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट