2026-07-24 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किन धाइरहेछन् एमाले र माओवादी टोली पालैपालो चीन भ्रमणमा ?

भदौ १७, काठमाडौँ | नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको ‘जम्बो’ टोली चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पोखरेल नेतृत्वको २२ सदस्यीय टोली शनिबार राति चीन उडेको हो । तिनको भ्रमण तालिका १२ दिनको छ ।

पछिल्लो समय एमाले र माओवादीका नेताहरू कम्युनिष्ट शासित मुलुक चीन धाउने क्रम बाक्लिएको छ । निकट छिमेकी देश भएकाले नेताहरूबीच विचार आदान–प्रदान गर्न यस्ता भ्रमण हुने गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् ।

“नेपाल–चीनबीच परम्परागत, मैत्रीपूर्ण र हार्दिक सम्बन्ध छ । वैचारिक विषयमा कतिपय विमति र कतिपय एकरूपताका विषय छन्,” उनले  भने, “निकट छिमेकका पार्टी भएकाले विचार आदान–प्रदान हुनु स्वाभाविक हुन्छ ।”

भ्रमण टोलीमा पार्टीका स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत नेताहरू छन् ।

पोलिटब्युरो सदस्य एवं सांसद ज्वालाकुमारी साह, केन्द्रीय सदस्य एवं कोसी प्रदेशसभा सदस्य रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्य सहदेव बोगटी, केन्द्रीय सदस्य निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ पनि भ्रमण टोलीमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल टोलीमा छन् । जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी,   राजेश राई र सरोजकुमार रेग्मी टोलीमा छन् ।

टोलीलाई चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ स्वागत गरेका छन् ।

एमाले प्रचार विभागका अनुसार, भ्रमण टोलीले चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा सीपीसीका उच्चस्तरका नेतासँग टोलीको भेटवार्ता हुनेछ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र सीपीसीबीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमालेले जनाएको छ । गएको जेठमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटासहितको २० सदस्यीय टोली चीन भ्रमणमा गएको थियो ।

जेठ ५ गते १५ दिने भ्रमणका लागि माओवादी सचिवहरू गणेश शाह, डिलाराम आचार्य, हितमान शाक्यसहितका नेताहरू चीन गएका थिए । साउन २५ गते माओवादी महासचिव देव गुरुङ चीन भ्रमणमा गएका थिए ।

माओवादीको २० सदस्यीय टोलीलाई प्रविधिमा चीनले गरेको विकास, राष्ट्रपति सी चिनफिङको विचारधारा, गरिबी नियन्त्रणका लागि भइरहेका प्रयासलगायत विषयमा जानकारी गराइएको थियो । यस्तै, फाइबरका कम्पनी, ल्याब, युनिभर्सिटी, मोबाइललगायत कम्पनीको भ्रमण गराएको थियो ।

सो टोलीमा सहभागी अनेरास्ववियु क्रान्तिकारीका नेता जिपी मैनालीले त्यहाँको विकास गतिविधिको प्रचारका लागि धेरै मुलुकबाट मानिसलाई भ्रमण गराइने गरेको आफूले पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक