2026-07-24 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभामुखलाई सुमना श्रेष्ठको ध्यानाकर्षण- कार्यक्रमहरू महंगा तारे होटलमा मात्रै किन गरिन्छ ?

भदौ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले तालिम र गोष्ठीका नाममा भइरहेको खर्चमा मितव्ययी भई ठोस नतिजा निकाल्ने कार्यक्रममा लगानी गर्न सभामुख देवराज घिमिरेकोे ध्यानाकर्षण गराएकी छन् ।

सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै सांसदहरूलाई प्रशिक्षण चाहिने कुरा दुई मत नभएपनि के को विषयमा तालिम लिने भन्ने विषयमा सांसदको राय बुझ्न कुनै सर्वेक्षण भएको नदेखिएको भन्दै ध्यानाकर्षण गराइन् ।

उनले ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसै गरी प्रशिक्षण कति उपयोगी भयो, त्यसले सोचेको जस्तो नतिजा दियो वा दिएन भन्ने मापन गर्न पनि कुनै सार्थक प्रयास भएको देखिएन । उठान गर्न पर्ने अर्को विषय प्रशिक्षण स्थलको छनौट रहेको छ । हामीसँग संसदीय परिसरभित्र शङ्कर हल, लोत्से हल र सिंहदरबारभित्र पूर्वाधार सहितका बैठक हल छन्‌ । हामीसँग जावलाखेल स्टाफ कलेज हल र परिसर पनि छ, विश्वविद्यालयहरूका अडिटोरियमहरू छन्‌ जुन हामीले आवश्यक परेको अवस्थामा अनुरोध गर्न सक्छौं । तर पनि किन प्रायः कार्यक्रमहरू महँगा तारे होटेलमा सञ्चालन गरिन्छ ?’

सरकारी मातहत वा सार्वजनिक स्थल प्रयोग गर्दा एकतिर सो स्थलको सरसफाई र सम्भार भइरहने तर अर्कोतर्फ बचत भएको रकमले थप तालिम गर्न वा नीति निर्माणलाई चाहिने खोज र अनुसन्धान गर्न जनशक्तिमा खर्च गर्न सकिने उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘बजेट दातृ निकायबाट आउने हुनाले यसमा मितव्ययी हुन पर्दैन भन्ने तर्क फरक मत राख्न चाहन्छु- हाम्रो बजेटमा दातृ निकायबाट आउने अनुदान पनि एक श्रोतबाट आएको भए पनि राज्यको सम्पत्ति बुद्धिमानीपूर्वक खर्च भएको जन प्रतिनिधिको कर्तव्य हो । आम जनताहरू पीडामा भएको कुरा सर्वविदितै छ ।’

उनले व्यापार, काठमाडौँ उपत्यकामा भाडा तिर्न नसकेर कसरी खाली सटरहरूको पनि राजश्व लक्ष्य भेट्न नसकेर विभिन्न विधामा खर्च भने महँगो तारे होटेलमा प्रशिक्षण लिन जाँदा आधारभूत त तो सन्देश जान्छ ? भन्दै प्रश्न गरेकी छन् ।

उनले आवश्यकता निर्धारण गर्न सांसद र संसद्‌ सचिवालयको पनि संलग्नता रहोस्, एकै व्यक्तिलाई उस्तै प्रकारको प्रशिक्षण दिई राख्नु कत्तिको प्रभावकारी हुन्छ, विचार गरियोस्‌, प्रशिक्षण कति प्रभावकारी भयो भन्ने मापन गर्ने संयन्त्रको पनि विकास होस्‌, प्रशिक्षण स्थल छनौट गर्दा सकभर सरकारकै मातहत वा सार्वजनिक स्थलको उपयोग गरियोस् भन्दै ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक