2026-09-07 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बालोन डीअर अवार्डका लागि मेस्सी, एमबाप्पे लगायत ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो अटाएनन्(सुची)

भदौ २१, काठमाडौँ | विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डीअरका लागि ३० जना खेलाडीलाई सर्टलिस्ट गरिएको छ। उक्त सूचीमा हाल साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका पाँचपटकका पूर्व विजेता क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्।

उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए। ३० खेलाडीको सूचीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डलगायत खेलाडी छन्। हरेक वर्ष एक खेलाडीलाई बालोन डीअर प्रदान हुँदै आएको छ।

मेस्सीले यो अवार्ड ७ पटक जितेका छन्। हालान्ड र मेस्सी यसपटक दावेदार देखिएका छन्। हालान्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिगसहित ३ वटा प्रतियोगिताको उपाधि जिताएका थिए। मेस्सीले भने गत वर्ष विश्वकप जितेका थिए।

को को परे सर्टलिस्टमा:

जोस्को ग्वार्डियोल, आन्द्रे ओनाना, जमाल मुसियाला, करिम बेन्जेमा, मोहम्मद सलाह, बुकायो साका, केभिन डे ब्रुइन, जुड बेलिङ्घम, रान्डल कोलो मुआनी, बर्नार्डो सिल्भा, ख्विचा क्वार्ट्सखेलिया, एमिलियानो मार्टिनेज, रुबेन डायस, एर्लिंग हालान्ड, निकोलो बरेल्ला, मार्टिन ओडेगार्ड, इल्के गुन्डोगन, यासिन बोनौ, जुलियन अल्भारेज, भिनिसियस जूनियर, रोड्रि, एन्टोइन ग्रिजम्यान, लियोनेल मेस्सी, लाउटारो मार्टिनेज, रोबर्ट लेवान्डोस्की, किम मिन-जे, लुका मोड्रिक, केलियन एम्बाप्पे, भिक्टर ओस्नेसिम र विक्टर ओसेन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल