२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यहि भदौ २६ मा आइफोन १५ सिरिज सार्वजनिक गर्दै एप्पल: के छन् विशेषता, मूल्य कति?

२१ भाद्र २०८०, बिहीबार ०८:५५

एजेन्सी | विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर)मा आइफोन १५ सार्वजनिक गर्दैछ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ। यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न सकिनेछ।

एप्पलले यसअघिदेखि नै एप्पल इभेन्टमा आफ्ना विभिन्न प्रोडक्टहरू सार्वजनिक गर्ने गरेको छ। यसपटक पनि फोन सिरिजका साथै आइप्याड, म्याक, वेयरबेललगायतका प्रोडक्टहरू सार्वजनिक गरिने बताइएको छ। एप्पलले आइफोन सिरिजअन्तर्गत चार मोडल सार्वजनिक गर्दै आइरहेको छ। त्यसो हुँदा यस वर्ष पनि आइफोन १५ को चार मोडल सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ। जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स हुनेछन्।


आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा आउने भएको छ । एप्पलले सन् २०२० मा नै आइफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो। आइफोन १५ मा पनि त्यो निरन्तर रहने देखिन्छ।

आइफोन १५ को मूल्य ७९९ डलर, १५ प्लसको ८९९ डलर, १५ प्रोको १०९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरभन्दा माथि रहेको छ।

यस फोनलाई लिएर मानिसहरूमा निकै उत्साह बढेर गएको छ। एप्पलले आफ्ना प्रोडक्टहरूको बारेमा अग्रिम जानकारी गराउने गरेको त छैन। तर पनि विभिन्न स्रोतले यसका सूचनाहरू बाहिर ल्याउने गर्दछन्। यस्तै स्रोतका सूचनालाई पछ्याउँदा आगामी सिरिजमा निम्न विशेषताहरू रहने अनुमान लगाउन सकिन्छ-

के होलान् विशेषता?

  • टाइप–सी पोर्ट, ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट।
  • आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल।
  • डिस्प्ले बेजल १.५५ एमएम।
  • पछिल्लो भागमा ट्रिपल क्यामेरा र सुधारिएका नयाँ सेन्सरहरू।
  • पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग (आइफोन १५ प्रो म्याक्सका लागि)। यो १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम क्षमताभन्दा दोब्बर भएको अनुमान।
  • १५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए१७ बायोनिक चिप। आइफोन १५ र १५ प्लसमा ए१६ बायोनिक चिपसेट जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै आइसकेको छ।
  • र्‍याम ६ देखि ८ जीबी।
  • इन्टरनल स्टोरेज १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी तथा १५ र १५ प्लसमा १२८ जीबी, ३५६ बजी र ५१२ जीबी।
  • आइफोन १५ मा ३८७७ एमएएच, १५ प्लसमा ४९१२ एमएएच, १५ प्रोमा ३६५० एमएएच र १५ प्रो म्यासमा ४८५२ एमएएच क्षमताको ब्याट्री।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ