2026-07-29 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन : श्रम मन्त्रालय

भदौ २२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस)मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा छ ।

श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको पुष्टि गरेको हो । नक्कली सूचनामा कार्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ ।

श्रम मन्त्रालयले सामाजिक सञ्जालहरूमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न आग्रह गरेको छ ।

‘आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सम्बन्धित सबैमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जानकारी गराउँछ’, बिहीबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘प्रचलित कानुनविपरीत भएका/हुने गतिविधिहरूलाई नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सदैव क्रियाशील रहेको व्यहोरा अनुरोध गर्दै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नुपूर्व आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्नुहुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’

श्रम मन्त्रालयले ‘प्रवक्ता/सहसचिव डण्डुराज घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया’ सुरु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै