२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय

२०८०, २५ भाद्र सोमबार ११:५६

भदौ २५, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म 'पुष्पा २' को प्रदर्शन मिति तय भएको छ।

सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। यो फिल्म सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुनेछ। 

निर्माण टिमले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागेका हुन्। यस फिल्मको नाम 'पुष्पा: द रूल' राखिएको छ।

हाल फिल्मको छायांकन भइरहेको छ। सन् २०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' बक्स अफिसमा सफल भएको थियो। 'पुष्पा' सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ। फिल्मले विश्वभरबाट ३ सय करोड भारू कमाएको थियो।

फिल्म 'पुष्पा' मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। सुकुमार निर्देशित फिल्म 'पुष्पा २' मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने