2026-09-07 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्‍यो एउटा कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन!

एजेन्सी | मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ ।

सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ जसले मंगल ग्रहमा अक्सिजन पैदा गरिरहेको छ । उसले प्रतिघण्टा १२ ग्राम अक्सिजन पैदा गर्न सक्दछ ।

रोवरमा रहेको मोक्सी नामक यन्त्रले अक्सिजन पैदा गरेको हो । मोक्सीको पूरा नाम Mars Oxygen in situ response utilization experiment हो ।

मोक्सीलाई पर्सिभरेन्स रोवरमा राखेर सन् २०१९ मा मंगल ग्रहमा पठाइएको थियो । उक्त रोवर सन् २०२१ मा मंगल ग्रहको सतहमा ओर्लिएको थियो ।

रोवरमा रहेको मोक्सीले त्यसयता १६ पटक अक्सिजन पैदा गरिसकेको छ ।

आखिर सो यन्त्रले मंगल ग्रहमा कसरी अक्सिजन पैदा गर्‍यो त ? वास्तवमा यो यन्त्रले मंगल ग्रहको वायुमण्डलबाटै अक्सिजन जम्मा गरेको हो ।

यसरी मंगल ग्रहमा यन्त्रले नै अक्सिजन जम्मा गर्ने भएपछि त्यहाँ सबैभन्दा पहिले जाने अन्तरिक्षयात्रीले अक्सिजनको कमीको सामना गर्न नसक्ने अपेक्षा नासाको छ ।

मंगल ग्रहमा अन्तरिक्षयात्री पठाउनु अगाडि मोक्सी वा त्यस्तै यन्त्रहरु त्यहाँ पठाएर अक्सिजन संग्रहित गरिनेछ ।

के हो मोक्सी ?

मोक्सी ओभन आकारको एक यन्त्र हो । म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीले यो यन्त्रको निर्माण गरेको हो ।

नासाका उपप्रशासन पाम मेल रोयका अनुसार मोक्सीले उत्कृष्ट काम गरेको छ-अपेक्षाभन्दा पनि उत्कृष्ट । यसबाट मंगल ग्रहको वायुमण्डलबाट अक्सिजन निकाल्न सकिने पुष्टि भएको छ । फलतः त्यसरी संग्रहित अक्सिजनबाट अन्तरिक्षयात्रीले भविष्यमा मंगल ग्रहमा स्वास फेर्न सक्नेछन् तथा रकेटमा प्रोपेलेन्टका लागि प्रयोग गर्न सकिनेछ ।

पछिल्लो २ वर्षमा मोक्सीले १६ पटक अक्सिजन जम्मा गरेर निकालिसकेको छ । अन्तिम पटक यसले गत अगष्ट ७ मा ९.८ ग्राम अक्सिजन पैदा गरेको थियो । यसले प्रतिघण्टा १२ ग्राम अक्सिजन जम्मा गरेर निकाल्ने क्षमता राख्दछ । अझ महत्वपूर्ण त के भने यो यन्त्रबाट संग्रहित अक्सिजन ९८ प्रतिशत शुद्ध रहेको छ ।

नासा मुख्यालयस्थित अन्तरिक्ष प्रविधि मिसन निर्देशनालयका निर्देशक ट्रुडी कोर्टेसका अनुसार मोक्सीले मंगल ग्रहमा पूरै एक वर्ष बिताएको छ ।

मोक्सीले मंगल ग्रहको खराब मौसमको पनि सामना गरिसकेको छ । तथापि यसले जुन प्राविधिक ज्ञान वैज्ञानिकहरुलाई प्रदान गरेको छ त्यो भविष्यमा निकै उपयोगी हुनेछ । अर्थात् मंगल ग्रहमा उपलब्ध स्रोतहरुको प्रयोग गरी भविष्यका मिसन पूरा गर्नसक्ने सम्भावना देखिएको छ । त्यस्ता संशाधन पृथ्वीबाट लिएर जाँदा निकै महँगो पर्दछ ।

मोक्सी : मानिसका लागि संजिवनी

मोक्सीलाई भविष्यका अन्तरिक्ष मिसनलाई ध्यानमा राखेर बनाइएको थियो । यो भविष्यमा चन्द्रमा तथा मंगल ग्रहमा जाने मानिसहरुका लागि संजीवनी सावित हुनेछ । यदि यसले पर्याप्त अक्सिजन पैदा गरेमा अन्तरिक्षयात्रीले मंगल ग्रहमा लामो समय बिताउन पाउनेछन् र अधिकतम प्रयोग गर्न पाउनेछन् ।

मोक्सीको निर्माण गर्ने इन्जिनियरहरुका अनुसार अब उनीहरु यसको सुधारिएको संस्करण बनाउनमा जुटेका छन् । यसमा विशेष खालको अक्सिजन जेनेरेटर राखिएको हुनेछ । यो आकारमा मोक्सीभन्दा केही गुणा ठूलो तथा शक्तिशाली हुनेछ ताकि यसले अधिक मात्रामा अक्सिजन बनाउन सकोस् । पर्सिभेरेन्स रोभरलाई मंगल ग्रहमा प्रक्षेपण गर्नुको अर्थ खगोल जिवविज्ञानको अध्ययन गर्नु थियो ।

नासाको आगामी योजना

अमेरिकी अन्तरिक्ष संस्था नासाले निकट भविष्यमा युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोगमा एउटा विशेष खालको यान मंगल ग्रहमा पठाउने योजना बनाएको छ । यो अन्तरिक्षयानले मंगल ग्रहबाट अक्सिजनयुक्त नमूनाहरु लिएर पृथ्वीमा आउनेछ । त्यसमा माटो तथा चट्टानका नमूना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल